प्रचण्डको स्वीकारोक्ति : सोचेजस्तो विकास गर्न सकेनौँ

प्रचण्डको स्वीकारोक्ति : सोचेजस्तो विकास गर्न सकेनौँ

गोरखा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा राजनीतिक परिवर्तन भए पनि विकास र सम्वृद्धि सोचेजस्तो गतिमा अघि नबढेको स्वीकार गरेका छन् ।

गोरखाको सहिद लखन गाउँपालिका ७ काउलेभँगारमा आयोजित प्रथम सहिद लखन थापाको १४३ औं स्मृतिसभामा शुक्रबार बोल्दै उनले तीन तहको शासन प्रणालीमा अघि बढ्न सहज नभएकाले विकास र सम्वृद्धिको यात्रा कठिन भएको तर्क गरे ।

‘मुलुकमा अहिले संघीय सरकार छ, प्रदेश सरकार छ, स्थानीय सरकार छ । अहिलेको परिवर्तन पहिलाको जस्तो परिवर्तन होइन । सात सालमा राणा गयो, राजा आयो भने जस्तो पनि होइन ।३६ सालमा जनमत संग्रह भयो भने जस्तो पनि होइन । छयालिस सालमा पञ्चायत गयो, बहुदल आयो भने जस्तो पनि होइन । यो परिवर्तन भनेको झण्डै अढाइ सय वर्ष पुरानो शाहवंशीय निरञ्कुश सामन्ती व्यवस्थाको समुल अन्त्य र गणतन्त्र स्थापनाको नित्तान्त गुणात्मक परिवर्तन हो । एकात्मक शासन व्यवस्थाबाट संघात्मकमा शासन व्यवस्थामा भएको परिवर्तन हो । र यो समावेशी, समानुपातिक लोकतन्त्रको नित्तान्त नयाँ मोडल स्थापना गर्दैछौँ’, उनले भने ।

प्रचण्डले अघि थपे, ‘नयाँ बाटो बनाउन अलिकति अप्ठेरै हुन्छ । हिँडिराखेको बाटो हिँड्न सजिलो लाग्छ । नितान्त नौलो बाटो हिँड्दा कताकता ठीक ठाउँमा हिडेका छौं कि छैनौँ भनेको जस्तो पनि हुन्छ । हामीले थुप्रै ऐन बनाउनु पर्ने, कानून बनाउने पर्ने, संरचना बनाउनु पर्ने, कर्मचारी खटाउनु पर्ने, सुरक्षा निकायलाई पनि बिभिन्न तहमा विभाजन गर्नुपर्ने आदि कारणले हामीले चाहेको जस्तो गति आइसकेको छ जस्तो लागेको छैन ।’

अव विकासको गतिले नयाँ उचाइ लिने विश्वास दिलाउन चाहेको उनको भनाइ थियो । पूर्वाधार सम्बन्धी काम धेरै सहज बनाइसकेको पनि उनले बताए । साथै छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाइसकेको प्रचण्डले बताएका थिए । अब विकास र सम्वृद्धिको एउटा यात्रा तिब्र गतिमा अघि बढ्ने सोचाइ रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.