दाङमा प्रदेश 'एक्स्पो'

दाङमा प्रदेश 'एक्स्पो'

दाङ : दाङको बेलझुण्डीमा प्रदेशको मिनी सरकार स्थापना भएको छ।  प्रदेश सरकारको आयोजनामा सञ्चालन भएको प्रदेश एक्स्पोमा प्रदेशको मिनि सरकार स्थापना भएको हो।  

प्रदेशका सात मन्त्रालयका सम्पूर्ण गतिवधि एक्स्पोमा राखिएको छ।  प्रदेश सरकार स्थापना भएको दुई वर्ष पुगेको अवसरमा सरकारले गरेका कामको प्रचारप्रसार, कला, संस्कृति एवं पर्यटन प्रवद्र्धनसँगै निजी क्षेत्रको विकासका लागि प्रदेश एक्स्पो संचालन गरेको हो।  

एक्स्पो प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरे।  मुख्यमन्त्री पोखरेलले एक्स्पोले सरकारका काम जनतासम्म पुर्‍याउने बताए 

‘एक्सपोलाई सिक्ने सिकाउने केन्द्रको रुपमा लिन सकिन्छ’, उनले भने,‘प्रदेश सरकारले गर्ने काम, कर्तव्य र अधिकारका बारेमा नागरिकलाई जानकारी दिन महत्वपूर्ण सन्देश एक्स्पोले दिन्छ ।’ 

प्रदेश नम्बर ५ आर्थिक तथा सामाजिक रुपमा सक्षम बन्दै गइरहेको भन्दै एक्स्पो थप नवितम प्रविधिको खोजी गरी आर्थिक विकासमा सहयोग पुर्‍याउने उनले बताए।  

एक्स्पोमा मन्त्रालयका आफ्ना स्टल छन्।  मुख्यमन्त्री, विभागीय मन्त्री, लेखा समितिका सभापति, प्रदेशसभा सदस्य, राष्ट्रियसभा प्रतिनिधिसभा सदस्यको सहभागिता एक्स्पोमा रहेको छ।  

मन्त्रालय अन्तरगतका जिल्लाका कार्यालयको पनि आफ्नै स्टल छ।  प्रदेशका १२ जिल्ला र १०९ स्थानीय तहको पनि स्टल व्यवस्थापन गरिएका छन्।  एक्स्पोमा सहभागी सबैलाई सरकारका कामका बारेमा जानकारीसमेत गराइएको छ।  

तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा सबै जिल्ला, स्थानीय तहको आफ्नो कता संस्कृति झल्कने खालको प्रस्तुति देखाइएको छ।  तीन दिनमा प्रदेश सरकारले गरेका सम्पूर्ण विवरण नागरिकले पाउने र आर्थिक समृद्धिका लागि गर्न सकिने उपायका बारेमा खोजी गरिनेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.