प्रमुख प्रशासकीय अधिकृतको टीमले जित्यो प्रदेश स्तरिय भलिबल उपाधि
अछाम : जिपी कोइराला फाण्डेशनले आयोजना गरेको सूदुरपश्चिमकै ठूलो धनराशीको प्रथम प्रदेश स्तरीय खुला पुरुष भलिबलको उपाधि प्रमुख प्रशासकीय अधिकृतको टीमले जितेको छ। साँफेबगर नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद शर्माको टीमले उपाधि हात पारेको हो।
फाइनलमा आयोजक गिरिजाप्रसाद कोइराला फाउन्डेसनलाई ३-१ को सेटले पराजित गर्दै अधिकृतको टीमले उपाधि आफ्नो पक्षमा पारेको हो। पहिलो सेट २५-२३ ले जिते पनि आयोजक टीमले त्यसपछि कुनै सेट जित्न सकेन्। अधिकृतको टीमले त्यसपछि २५-२०, २५-२२ र ३०-२८ ले खेल जितेको थियो।
उपाधिसँगै अधिकृतको टीमले ट्रफिसहित नगद ५ लाख तथा उपविजेता बनेको फाउण्डेसनले २ लाख ५० हजार हात पारेको छ। प्रतियोगिताको तृतिय स्थान एन्जिला पुस्तक पसलले जितेको छ। यस्तै प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी कमल गहतराज, सर्वाेत्कृष्ट लिप्टर जनक खड्का, सर्वर खेलाडी धिरज बस्नेत, ब्लकर सुरेन्द्र बम भएका छन्।
यस्तै वेष्ट खेलाडी गौरव पाण्डे, अनुशासित खेलाडी राधु धामी र उदयमान खेलाडी तेजेन्द्र विस्ट भएका छन्। पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै प्रजातन्त्र दिवसको अवसर प्रतियोगिता आयोजना गरिएको जिपी कोईराला फाण्डेशनलका सचिव कृष्ण कुँवरले जानकारी दिए । प्रतियोगितामा ७ वटा टीमको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस !