काट्दै गरेको रुखले ज्यान लियो
बागलुङ : बागलुङ नगरपालिका-७ तितौरेका एक व्यक्तिको मंगलबार दिउँसो रुख काट्ने क्रममा ज्यान गएको छ। तितौरेको सामुदायिक वनमा घर बनाउनका लागि आवश्यक रुख काट्न गएका तितौरेका ४६ वर्षीय रत्नबहादुर कार्की आफैँले काटेको रुखले लागेर गम्भीर घाइते भएका थिए।
घाइते कार्कीको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए।
मृतक कार्कीसँगै गएका सोही ठाउँका ४२ वर्षीय पदम कार्की घाइते छन्। हात र खुट्टामा गम्भीर चोट लागेका पदमको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ। अवस्था स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !