पुल हाउसमा चरेशको कारोबार, दुई पक्राउ

पुल हाउसमा चरेशको कारोबार, दुई पक्राउ

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुंग तातोपानीबाट प्रहरीले लागुऔषध चरेशसहित दुईजनालाई पक्राउ गरेको छ। १४२ ग्राम चरेशसहित अन्नपूर्ण गाउँपालिका २ भुरुंग तातोपानीका ४४ वर्षीय हेमु ज्वारचन र ३७ वर्षीय अशोककुमार घर्तीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । 

ज्वारचन सञ्चालक रहेको बाबा पुल हाउबाट उनीहरु पक्राउ परेका हुन् । पुल हाउसमा चरेशको कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । ज्वारचनको साथबाट ४४ ग्राम र घर्तीको साथबाट ९८ ग्राम चरेश बरामद भएको हो । 

घर्ती भुरुंग तातोपानीमा ट्रेकर किराना पसलका सञ्चालक हुन् । म्याग्दी जिल्ला अदालतबाट पक्राउ पूर्जी समर्थन गराई अनुसन्धानका लागि बुधबार ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। 

फागुन १३ गते पक्राउ परेका उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद २ को दफा ४ (क) बमोजिम मुद्दा चलाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको साथबाट बराम लागुऔषध ५० ग्रामसम्म भए तीन महिना कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख छ ।

पचास ग्रामदेखि माथि ५०० ग्रामसम्म भए १ महिनादेखि १ वर्षसम्म कैद र १ हजारदेखि पाँच हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । 

      
        


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.