गोरखामा सडक अलपत्र परेपछि सांसदको नेतृत्वमा चक्काजाम

गोरखामा सडक अलपत्र परेपछि सांसदको नेतृत्वमा चक्काजाम

गोरखा : गोरखा बारपाक सडक कालोपत्रे गर्ने काम ठेकेदारले तीन वर्षदेखि अलपत्र पारेको भन्दै शनिबार गोरखामा चक्काजाम गरिएको छ ।

गोरखा क्षेत्र नं. २ को ख बाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीको नेतृत्वमा स्थानीयबासीले बिहान तीनघण्टा सडक जाम गरेका थिए । वडाध्यक्ष नारायण दानीका अनुसार मसानेठाँटीदेखि खहरेसम्मको खण्ड ठेक्का सम्झौता गरेको लामोसमयसम्म अलपत्र पारेको भन्दै स्थानीय स्तरमा गठित आन्दोलन समितिले शनिबारदेखि चरणवद्ध आन्दोलन सुरु गरेको उनले बताए ।

शनिबार बिहानदेखि सुरु भइ चक्काजाम ११ बजेसम्म भएको थियो । आन्दोलन समितिका संयोजक कञ्चनकुमार श्रेष्ठले भने, ‘सडक कालोपत्रेको प्रक्रिया सुरु नहुञ्जेल हामी चरणवद्ध आन्दोलनमा छौं, यो हप्ताभित्र प्रक्रिया सुरु नभए आउँदो २५ गते दिनभर चक्काजाम गर्ने र त्यसपछि पनि माग सम्बोधन नभए गोरखा बारपाक सडक नियमित बन्द गर्नेछौँ ।’

माग सम्बोधन नभए आँबुखैरेनी गोरखा सडकमा पनि चक्काजाम गर्ने उनले बताए । चक्काजामको समापन गर्दै सांसद दवाडीले सबै चरणको आन्दोलनमा आफू सहभागी हुने प्रतिवद्धता जनाएको सिरानचोक गाउँपालिका ६ का वडाध्यक्ष नारायण दानीले बताए ।

‘यो खण्डभन्दा अगाडि पनि कालोपत्रे भएको छ, पछाडि पनि कालोपत्रे भएको छ, यत्ति नौ किलोमिटर मात्र पाँच वर्षदेखि अलपत्र छ । हामीले सिडिओसाबलाई पनि समस्या राखेका थियौँ । सिडिओले ताकेता गर्दा पनि सुनुवाइ भएको छैन ।’

नागार्जुन त्रिशुली जेभी कन्स्ट्रक्शनले सो सडक कालोपत्रे गर्न एघारकिलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयसंग तीन वर्षअघि ठेक्का सम्झौता गरेको थियो । तर कत्ति पनि काम नगरेपछि गत साउनमा कार्यालयले ठेक्का रद्ध गरेको योजना कार्यालयका ईञ्जिनियर राजेश यादवले जानकारी दिए ।

मध्यपहाडी सडक अन्तर्गत पर्ने भएकाले सो खण्डको ठेक्का रद्ध गरी मध्यपहाडी सडक आयोजनालाई हस्तान्तरण गरेको यादवले बताए । मध्यपहाडी आयोजनाले पनि सो सडकखण्डको जिम्मा लिए पनि अहिलेसम्म नापजाँच गर्न नआएको, ठेक्का प्रक्रिया सुरु नगरेको स्थानीयबासीको गुनासो छ ।

‘एउटा कार्यालयले ठेक्का सम्झौता रद्ध गरेको छ । अर्कोले ठेक्का प्रक्रिया सुरु नै गरेको छैन’, आन्दोलन समितिका संयोजक श्रेष्ठले भने, ‘हिउँदभरि धुलो, बर्खाभरि हिलोले हामी हैरान भइसक्यौँ । अब पनि कालोपत्रे नभए बर्खामा गाडी गुड्दै सक्दैन ।’

मध्यपहाडी सडक आयोजनाको गोरखास्थित कार्यालयले भने अब छिट्टै ठेक्का प्रक्रिया सुरु गर्ने जनाएको छ । डिपिआर भइसकेको र अब केही दिनभित्र निर्देशनालयले ठेक्काको सूचना निकाल्ने गोरखा कार्यालयका प्रमुख रमेश दृष्टिले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.