'प्रचण्डलाई जुत्ता हान्‍ने युवा शहीद परिवार, नेकपा कार्यकर्ता होइनन्'

'प्रचण्डलाई जुत्ता हान्‍ने युवा शहीद परिवार, नेकपा कार्यकर्ता होइनन्'

जुम्ला : नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने नेत्रविक्रम चन्द विप्लव समूहका समर्थक रहेको खुलेको छ। नेकपा जुम्लाका अध्यक्ष दिलबहादुर कुँवरले उनी बाहिर हल्ला भएजस्तो शहीद पुत्र नभएको जानकारी दिए। आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि रतन तिरुवा नाम गरेका २२ वर्षीय युवकले जुत्ता प्रहार गरेका थिए।

 रनत जुम्लाको सिँजा गाउँपालिका–२ घोर्डिङाका मनु तिरुवाका छोरा हुन्। उनी पूर्व लडाकु वा नेकपाकै कार्यकर्ता रहेको भनी गरिएको प्रचार निराधार रहेको नेकपाका जुम्ला अध्यक्ष कुँवरले बताए। 

'उनले प्रहरीसमक्ष आफू पूर्वलडाकु र शहीदको छोरा रहेको भनेको सुन्नमा आएको छ' कुँवरले भने,‘माओवादी जनयुद्ध रोकिएको नै १४ वर्ष भइसक्यो २२ वर्षको मान्छे कसरी पूर्वलडाकु भयो?’। 

उनका बाबुको मृत्यु भएको साँचो भएपनि उनी युद्धमा मारिएको नभई अर्कै कारणले त्यो पनि भारतमा मृत्य भएको कुँवरले जानकारी दिए।  यसबारे सत्तारुढ दल नेकपा जुम्लाले प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा रनत तिरुवा शहीद परिवार वा नेकपाको कर्ताकर्ता नभएको स्पष्ट पारिएएको छ । रनत यसअघि पनि अराजक गतिविधिमा संलग्न रहेको र प्रहरीले खोजी गरिरहेका व्यक्ति भएको दाबी नेकपाले गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.