सुदूरपश्चिमका ३० स्वास्थ चौकीलाई १५ शैय्याको अस्पतालमा स्तरोन्नति गरिने
अछाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस आर्थिक वर्षमा देशभरका २ सय ३६ स्वास्थ्य संस्थालाई १५ शैय्याको अस्पताल स्तरोन्नति गर्नेमा सुदूरपश्चिम प्रदेशका ३० वटा परेका छन्।मन्त्रालयले सार्वजनिक गरेअनुसार सुदूरपश्चिम प्रदेशका ३० वटा स्वास्थ चौकी परेका हुन्।
अछामका बान्नीगढी जयगढको जयगढ स्वास्थ चौकी र ढकारी गाउँपालिकाको ढकारी स्वास्थ चौकीलाई १५ शैय्याको अस्पताल बनाइने भएको छ। यसैगरी बाजुराका ४, बझाङ्गका ४, डोटीका ५, दार्चुलाका ५, बैतडी २, कैलाली ३, कञ्चनपुरका ३ र डडेल्धुराका २ स्वास्थ चौकीलाई स्तरोन्नती गरिने भएको मन्त्रालयले जनाएको छ। सबै भन्दा बढी प्रदेश-१ मा ५०, प्रदेश-५ मा ३६, बागमती प्रदेशमा ३१, प्रदेश-२ मा ३१, गण्डकी प्रदेशमा २८, कर्णाली प्रदेशमा ३० र सुदूरपश्चिम प्रदेशमा ३० वटा स्वास्थ चौकी छनोटमा परेका छन्।
प्रतिक्रिया दिनुहोस !