कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा छ जनाको मृत्यु
![कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा छ जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/corona-virus_20200118030718_JnDyxLWbFo.jpg)
अमेरिका : कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । यस्तै ९० भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
अमेरिकाको वासिंटन राज्यको किङकाउन्टीमा ५ जना र स्नोहोमिस काउन्टीमा एकजनाको मृत्यु भएको हो । यसैगरी ९६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।उपचार भइरहेका ७ जनाको अवस्था गम्भीर रहेको र ९ जनाको सफल उपचार गरिएको जनाइएको छ ।
यस्तै, न्युयोर्क राज्यमा एक महिलालाई कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ । हालै इरान भ्रमणबाट फर्केकी ३५ वर्षीया एक महिलामा संक्रमण पुष्टी भएको हो । हाल उनलाई घरमै आइसोलेसनमा राखिएको छ।
त्यस्तै, क्यानडामा कम्तीमा २७ जनामा संक्रमण पुष्टी भएको छ । क्यानडाको ओन्टारियोमा १८, ब्रिटिस कोलम्बियामा ८ र क्युबेकमा १ जनामा संक्रमण पुष्टी भएको छ ।समाचार संस्थाकाअनुसार पछिल्लो २४ घण्टामा ४० जनाको संक्रमणबाट मत्यु भएको उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)