राष्ट्रियसभामा १९ को बिदाई, नयाँको सपथ आज

राष्ट्रियसभामा १९ को बिदाई, नयाँको सपथ आज

काठमाडौं : राष्ट्रियसभाले दुई वर्षे कार्यकाल समाप्त भएका १९ जना सांसदको मंगलबार बिदाई गरेको छ। सत्तासीन नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल मंगलबार सकिएको हो।

५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाई सांसदको कार्यकाल समाप्त हुने गरी गोला हालिएको थियो। राष्ट्रियसभाले मंगलबारको बैठकमा कार्यकाल समाप्त हुन लागेका सबै सांसदलाई अनुभव साट्न बोल्ने समय दिएको थियो।

राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले दुई वर्षे कार्यकालमा आफूले विपक्षी दलको नेता भएको महसुस कहिल्यै नगरेको अनुभव सुनाए। प्रतिनिधिसभामा विपक्षी कांग्रेसले अवरोध गर्ने गरे पनि राष्ट्रियसभाका अधिकांश बैठकले अवरोधको सामना गर्नु परेन। आफ्नो अनुभव नराखेका खतिवडाले मन्त्रीमा रूपमा पुनः निरन्तरता पाउने सम्भावना छ।

तर राष्ट्रिय सभामा खतिवडा वा वामदेव गौतममध्ये कसलाई पठाउने भन्नेमा नेकपा भित्र विवाद छ। राष्ट्रियसभामा विपक्षी दलका नेता पाण्डे, प्रमुख सचेतक सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल समाप्त भएको हो। यस्तै नेकपाका बलराम बाँस्कोटा, हरिचरण शिवाकोटी, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पनि कार्यकाल सकिएको हो।

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल मंगलबार नै समाप्त भएको छ। राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले विपक्षी कांग्रेसका दलका नेता र प्रमुख सचेतकको कार्यकाल एकैपटक समाप्त हुन लागेकोमा आफूलाई दुःख लागेको बताए।

प्रमुख सचेतक प्रसाईंले भने सरकारलाई जनताका पक्षमा काम गर्न सुझाव दिएर विदाई भइन। बिदाई भएका सांसदको मंगलबार सामूहिक तस्बिर खिचिएको थियो।

नवनिर्वाचितको सपथ आज

रिक्त हुन लागेका एक तिहाई सांसदका लागि एक महिना अघि (माघ ९ गते) नै निर्वाचन भएको थियो। निर्वाचित १८ जना सांसदले बुधबार सपथ लिएर कार्यकाल सुरु गर्दैछन्। माघ ९ मा भएको निर्वाचनमा नेकपाका १६ र राजपाका दुई सांसद निर्वाचित भएका थिए। कांग्रेसले भने एक सिट पनि जित्न सकेन। नेकपाबाट निर्वाचित गोपी अछामी, इन्दिरा गौतम, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, गंंगाकुमारी वेल्वासे, वेदुराम भुषाल, भगवती न्यौपाने, नारायणकाजी  श्रेष्ठ, गोपाल भट्टराई, बिमला घिमिरे, जगप्रसाद शर्मा, मायाप्रसाद शर्मा, सुमित्रा विसी, शारदा देवी भट्ट र तारामान स्वारले बुधवार सपथ लिँदैछन्। नेकपासँग चुनावी तालमेलबाट दुई सिट जितेको राजपाका शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादवको कार्यकाल पनि बुधवारबाट सुरु हुनेछ।  

नवनिर्वाचितको सपथ बुधबार बिहान ११ हुने संघीय संसद सचिवालय जानकारी दिएको छ।  नवनिर्वाचित सांसदको कार्यकाल भने ६ वर्षकै हुनेछ।

प्रत्येक २ वर्षमा एक तिहाई सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्था छ। संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा विपक्षी कांग्रेस नाम मात्रको प्रतिपक्ष बन्ने देखिन्छ। सरकारका काम कारवाहीमा अनुगमन, निर्देशन र नियन्त्रण गर्ने संसद्मा प्रमुख विपक्षीको भूमिका ‘निरिह’ बन्ने देखिन्छ। राष्ट्रिय सभामा नेकपा ५०, कांग्रेस ६, राजपा २ र समाजवादी पार्टीको १ सिट मात्र छ। ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुन्छन्। ३ जना सांसद भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन्छन्। स्थायी सदन राष्ट्रियसभाका लागि पहिलोपटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो। एक तिहाई सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.