जनकपुरमा महामुर्ख खोजिँदै

जनकपुरमा महामुर्ख खोजिँदै

जनकपुरधाम : मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा होरी गायन प्रतियोगिता र महामुर्ख सम्मलेनको आयोजना गर्दैछ । मिनापले प्रत्येक वर्ष आयोजना गर्दै आएको होरी गायन प्रतियोगिता र महामुर्ख सम्मेलन क्रमशः फाल्गुन २५ र २६ गते दुई दिन हुने भएको छ । 

होरी जोगिरा गायन प्रतियोगितामा विभिन्न १० टिम सहभागी हुने सचिव सन्दिप साहले जानकारी दिए । गायन प्रतियोगितामा धनुषाको गिद्धा, बेलापटी, बेला, गेरुवाही, जमुनीवास, धनुषाधाम, महोत्तरीको पिपरा, विश्वम्भरपुर र सप्तरीको टिमले सहभागिता जनाएका छन् । जोगिरा गायन प्रतियोगितामा सहभागी हुने शीर्ष तीन टिमलाई सम्मानसहित पुरस्कार र अन्यलाई सान्तवना शिल्ड प्रदान गरिने जनाएको छ । 

महामुर्ख सम्मेलनको प्रारम्भ

जनकपुरधाममा मनाइने होली महोत्सवको प्रमुख आकर्षण महामुर्ख सम्मेलन हो । महामूर्ख सम्मेलनले जनकपुरधाममा निकै उचाइ पाएको छ । तर यसको प्रारम्भ विरगंजबाट भएको थियो । मैथिली साहित्य परिषद विरगंजले २०५० सालमा पहिलोपटक महामुर्ख सम्मेलनको आयोजना गरेको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए । महामूर्ख सम्मेलनजस्तै प्रकृतिको कार्यक्रम भारतमा पनि पहिले देखि नै हुँदै आएको छ ।

फागु पर्वको मुख्य आकर्षणको रूपमा रहेको महामुर्ख सम्मेलनका लागि जनकपुरधाममा महामुर्खको खोजी तीव्ररूपमा भइरहेको छ । मिनापले महामुर्खका लागि करिब दर्जन जति विशिष्ट व्यक्तिको सूची तयार पारेको जनाएको छ । जसमा पूर्व प्रधानमन्त्री तथां समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, मध्ये कुनै एक जनालाई महामुर्खको उपाधी प्रदान गर्ने योजना बनिरहेको आयोजकले बताए ।

महामुर्खको उपाधी पाउनेको सूची

वि.सं. २०६१ बाट जनकपुरमा महामूर्ख सम्मेलनको आरम्भ भएको छ । २०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्व मन्त्री नेकपाका नेता रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि़ भ्रमर, २०६९ मा नेपाली काँग्रेस प्रदेश नम्बर २ को संसदीय दलका नेता रामसरोज यादव, २०७० मा राष्ट्रिय जनता पार्टीका नेता डा. विजयकुमार सिंह, २०७१ मा नेकपाका नेता एवं प्रदेशसभा सदस्य शत्रुधन महतो, २०७२ मा मसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानीयालाई महामुर्खको उपाधी प्रदान गरिएको थियो । त्यस्तै २०७३ सालमा सप्तरीको मलेठमा तत्कालीन नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम नै मिनापले स्थगित गरेको थियो । २०७५ मा महामुर्खको उपाधी पूर्व राष्ट्रियसभा सदस्य एवं राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाललाई प्रदान गरिएको थियो ।

कोरोनाको प्रभाव : रंगको साटो फूलको प्रयोग 

मिथिला नाट्यकला परिषदले कोरोना भाइरस प्रभावलाई मध्यनजर गर्दै यस वर्ष हुने कार्यक्रमको शैलीमा परिवर्तन गरेको छ । मिनापका अध्यक्ष परमेश झाले भने, ‘कोरोना भाइरसको प्रभाव हामी सचेत र सजग छौं, यो वर्ष कार्यक्रम स्थलमा उपस्थित सबैलाई मास्कसहित अविरको साटो फूल र फुलको माला प्रयोग गर्न लगाएर होरी महोत्सव एवं महामूर्ख सम्मेलन मनाउँछौं ।’ 

आइतबार डम्फा वादनबाट उद्घाटनसँगै होरीमाथि चर्चा परिचर्चा, निश्चित मापदण्ड अनुसार होरी गायन, उत्कृष्टताको चयन र पुरस्कार वितरण गरिने जनाए । कार्यक्रमको दोश्रो दिन विशिष्ट शैलीमा उद्घाटन गरी होरी गायन, मिनापको हाँस्य शैलीमा व्यंगपूर्ण नाटक प्रस्तुती, हाँस्य कवि गोष्ठी, मूर्ख एवं महामूर्खको उपाधि वितरण, मूर्ख महामूर्खलाई सम्मान तथा प्रेमोपहार वितरण गरिँदै समापन गरिने जनाएको छ ।

जनकपुरधाम स्थित महामुर्खसहित अन्य पटमुर्खहरूको उपाधि प्रदान गरिँदै । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.