कुश्मामा पनि सुनसान होली
कुश्मा : विगतका वर्षमा हातभरि रङ्गहरूको पोका बोकेका, खल्तीमा लोला बोक्दै हाँस्दै र रमाउँदै हिँडिरहेका युवायुवतीरको समूहह भेटिने कुश्मा बजारमा यस वर्ष सुनसान होली देखिन्छ। त्यतिमात्र हैन अनुहार र शरिरका विभिन्न भागमा विभिन्न आकृति बनाउने, ठुलो समुहमा रङ्ग छ्याप्दै डिड्ने नाच्ने र चोक चोकमा सांगितिक कार्यक्रमहरु गरिन्थ्यो। तर यस वर्ष अन्य दिनभन्दा पनि चहलपहल निकै कम छ।
विश्वभर संक्रमणको रुपमा फैलिएको करोना भाईर (कोभिड १९) को प्रभावका कारण कुश्माबजारमा होलीका कुनैपनि गतिविधि भएनन्। केहि दिन पहिले सर्वदलिय बैठकले होली पर्वमा ठूलो समुहमा जम्मा भएर रङ्ग नखेल्न सूचना पनि जारी गरेको थियो। त्यसैको प्रभावका कारण होली पर्व सुनसान नबनेको हो।
अग्लो पुलसमेत सुनसान
त्यस्तै कुश्मा बलेवा यान्त्रिक पुलमा पनि विगतका वर्षहरु जस्तो होली खेल्न आउनेहरुको चाप नभएको सञ्चालक होमनारायण श्रेष्ठले बताए। उनले भने–‘विगतका वर्षहरुमा यान्त्रिक पुल चढेर बलेवातर्फ होली मनाउन जानेहरुको दिनभरी जसो भिडभाडनै हुन्थ्यो तर अहिले सुनसान भयो।’

त्यस्तै पछिल्लो गन्तव्यको रुपमा रहेको बन्जी जम्पमा पनि सोमबार अलोकन गर्न आउनेहरुको संख्या न्यून रहेको पाइएको छ। चिकित्सक, स्वास्थ्य संस्था, गृह मन्त्रालय लगायतका निकायहरूले भिडभाडमा जाँदा कोरोना सङ्क्रमण हुने खतरा देखाउँदै समूहमा रमाइलो नगर्न अनुरोध गरिरहेका कारण प्रत्यक्ष प्रभाव कुश्माबजारमा देखिएको छ।
‘अघिल्ला वर्षहरूमा त १५÷२० जना साथीहरूको समूह बनाएर अग्ला झोलुङ्गे पुलसम्म रङ्ग दल्दै पुगिन्थ्यो, स्पिकर बजाएर सबै जना नाच्दा खूब रमाइलो हुन्थ्यो स्थानीय किशोर सुवेदीले भने ‘कोरोना भाइरसले चीनमा धेरै मानिसहरुको ज्यान गएको हल्लापछि अहिले थुपक्क घरमै बस्नुको विकल्प रहेन।’
होलीमा युवाहरूको जमातले जति रमाइलो गर्ने गर्दथ्यो त्यो भन्दा बढी उमङ्ग बालबालिकाहरूमा देखिएको छ। चोकचोकमा साना साना बालबालिकाहरु मात्रै पानी छ्यापाछ्याप गरिहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले विगतका वर्षहरूमा होली पर्वमा रमाइलोको नाममा हुन सक्ने विभिन्न गैरकानूनी गतिविधि अहिले कम भएको बताए। उनले पहिलै होलीमा भिडभाड नर्गन अनुरोध गरिएका कारण सुरक्षाको दृष्टिकोणले खासै समस्या नभएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !