कोरोना आतंकले अस्पतालमा भिडभाड

कोरोना आतंकले अस्पतालमा भिडभाड

बागलुङ : कोरोना भाइरस (कोभिड-१९)को चौतर्फी जोखिम बढेसँगै धौलागिरी अञ्चल अस्पतालमा कोरोनाको आंशका लिएर आउनेको संख्या बढेको छ। सामान्य रुघाखोकी र ज्वरो आएका बिरामीहरु कोरोनाको आंशकामा हतास बनेर आउने क्रम बढेको अस्पतालले जनाएको छ।

कोरोनाको चर्चा सुनेको र यही बेलामा रुघाखोकी लागेकाले कोरोना आंशकामा परिक्षणका लागि अस्पताल आएको जैमिनी नगरपालिकाका विष्णु थापाले बताइन्। ‘उठेदेखि सुत्ने बेला सम्म कोरोनाकै गफ, समाचार र चर्चा सुनेर मनमा एक किसिमको डर हुन्छ,’ थापाले भने,‘यस बेलामै रुघा लाग्ने,घाटी दुख्ने गरेकाले हस्पिटलमा चेक गर्न आएको हुँ।’

थापा मात्र होइन, लामो समयदेखि मुटरोगबाट प्रताडित भइरहेकि एैसरा राना पनि कोरोनाको भयले हतारिँदै अस्पताल आएको बताइन्। ‘कोरोनाले यस्तो ठुलो समस्या भएकालाई झन् छिटो समाउछ भन्ने सुने,’ रानाले भने, ‘माक्स लगाएर हिडिरहेको छु, पोखरामा मुटुको उपचारका लागि विमाको रिफर कागज लिन आएको हुँ, तर रुघाखोकी लाग्दा पनि कोरोना लाग्यव कि भन्ने भएको छ।’

धौलागिरी अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षणमा खटिएका सृष्टि बराइलीले बच्चाहरुलाई सामान्य रुघाखोकी लाग्दा पनि कोरोना लाग्यो भन्दै आत्तिदै आउने गरेको अनुभव सुनाइन्। बिरामीलाई सम्झाई बुझाई गर्ने र रगत जाँचसहित परामर्श गरेर पठाउने गरेको बराइली बताउँछिन्। कोरोना सन्त्रासका कारण अहिले हस्पिटलमा मास्क किन्न आउने मानिसहरुको संख्यासमेत बढेको छ।

कोरोनाका कारण विश्वभर त्रास सिर्जना भएकाले यहाँ पनि बिशेष गरेर बच्चाहरुलाई रुघाखोकी, भाइरल ज्वरो आउँदा पनि कोरोना भयो भन्दै आउने संख्या बढको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि. पोखरेलले बताए। ‘चौतर्फी चर्चाले होला, आत्तिदै कोरोना त लागेन भनेर चेकजाँच गर्न आउने संख्या अलि बढिको छ,’ डा.पोखरेलले भने,‘ हामी उनीहरुलाई सोधपुछ गर्छौ, रुघाखोकी, ज्वरो आएको कति समय भयो? कहिकतै विदेश भ्रमण जानु भएको थिया कि थिएन? लगायतको सोधपुछ गरेर परामर्श र आवश्यक भएकालाई औषधि पनि दिएर पठाउने गरेका छौ।’ तर, अहिले सम्म धौलागिरी अस्पतालमा त्यस्तो उच्च जोखिमका बिरामीहरु फेला नपरेको उनको भनाई छ। यदी कोरोनाको सम्भावित बिरामी या संक्रमण भएको अवस्थामा पनि छुट्टै राखेर उपचार गर्ने गरी अस्पतालमा दुई वटा बेड सहितको आइसोलुसेन वार्डको व्यवस्था गरिएको डा. पोखरेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.