रहस्यमयी ग्रय्याभिटी फल्स
![रहस्यमयी ग्रय्याभिटी फल्स](https://annapurnapost.prixacdn.net/media/albums/GRAVITY-FALLS_20200312062356_y0UX5FLKyW.jpg)
सागर खड्का । ग्र्याभिटी फल्स अमेरिकी एनिमेसन कार्टुन हो। उक्त कार्टुन डिज्नी एक्स डीमा सन् २०१२ देखि सन् २०१६ सम्म चार वटा सिजन गरी देखाइएको थियो।
यस शृंखलामा १२ वर्षीय डिप्पर पाइन्स र उसको जुम्ल्याहा बहिनी मेबललाई उनीहरूकोे काका स्ट्यानसगँ गर्मीको छुट्टीमा उसको गाउँ ग्र्याभिटी फल्समा पठाइएको हुन्छ। ग्र्याभिटी फल्स अलौकिक शक्ति भएका अलौकिक प्राणीहरूले भरिएको एक रहस्यमय सहर हो।
बालबालिकाले स्ट्यानलाई ‘मिस्त्री स्यक’ चलाउन मद्दत गर्छन्। साथै स्थानीय रहस्यहरू पनि अनुसन्धान गर्ने गर्छन्। डिप्पर पाइन्सले जंगलमा एउटा किताब भेटाउँछन् जसमा ग्र्याभिटी फल्सको सबै रहस्य लेखिएको हुन्छ। त्यही किताबको मद्दतले जुम्ल्याहा दाजुबहिनी र उनीहरूको काका स्ट्यान र उनका अरू केही साथीहरू मिली ग्र्याभिटी फल्सको रहस्य पत्ता लगाउन थाल्छन्।
यस कार्टुनमा रहेका पात्रहरूको बारेमा पनि जानौं न त है।
डिप्पर पाइन्स : उनी १२ वर्षका हुन्छन्। आफ्ना काका स्ट्यानसँग गर्मीको छुट्टी मनाउनलाई उनलाई पठाइएको हुन्छ। पाइन्स चलाख, जिज्ञासु र आविष्कारमा रुचि राख्ने केटा हुन्। एक दिन मिस्त्री स्यकको काम गर्दै गर्दा उनले तीनमध्येको एक रहस्यले भरिएको किताब भेट्टाउँछन्। त्यस किताबमा ग्र्याभिटी फल्समा पाइने सबै रहस्यको बारेमा लेखिएको हुन्छ। उनी सोही किताबमा लेखिएबमोजिमका कुरा सत्य हुन् कि होइनन् भन्ने पत्ता लगाउन लागि पर्छन्।
मेबल पाइन्स : उनी डिप्पर पाइन्सको जुम्ल्याहा बहिनी हुन्। मेबल ऊर्जावान्, आशावादी र फूर्तिली स्वभावकी हुन्छिन्। जसले उनको दाइको विरोध गर्छ उनलाई मन पर्दैन। उनी सधैं डिप्परको साथमा हुन्छिन् र उनलाई सघाउने पनि गर्छिन्। उनीसँग एउटा सुंगुर पनि हुन्छ। उक्त सुंगुरको नाम वाडल्स हो।
अंकल स्ट्यान : इस्टेन्ली स्टयन पाइन्सलाई अंकल स्ट्यान नामले पनि चिनिन्छ। उनी डिप्पर र मेबलको काका हुन्छन्। उनी हेर्दा बूढो देखिन्छन् र अलि कुप्रो परेर पनि हिँड्छन्। सानैदेखि ग्र्याभिटी फल्समा बसेकाले उनलाई त्यस ठाउँको बारेमा सबै जानकारी हुन्छ। उनीसँग तीनमध्ये दुई रहस्यले भरिएको किताब पहिलेदेखि नै हुन्छ। आफ्नो जीविका चलाउन उनी मिस्त्री स्यकनामक एक पर्यटकलाई सामान बेच्ने पसल चलाउने गर्छन्। उनी आफ्नो घरको अन्डरग्राउन्डमा रहेको ठूलो ल्याबमा ग्र्याभिटी फल्सको रहस्य अरूबाट लुकाई त्यसबारे अनुसन्धान गर्ने गर्छन्। तीनवटै किताब जोड्यो भने एक नक्सा बन्छ जहाँ ग्र्याभिटी फल्सको बारेमा झनै धेरै रहस्यहरू पाइन सक्ने उनले आशा गरेका हुन्छन्।
सोस : २२ वर्षीय सोस मिस्त्री स्यकमा कामदार हुन्छन्। जुम्ल्याहालाई उनले आफ्नो गाडीमा सहर घुमाउने गर्छन्। ऊ साहसी र दयालु स्वभावका हुन्छन्। खासै तेजिलो नभए पनि उनी राम्रो इन्जिनियर र डीजे हुन्छन्। अन्तिम सिजनमा जब स्ट्यानले ग्र्याभिटी फल्स छाडेर जान्छन्, सोस मिस्त्री स्यकको नयाँ म्यानेजर हुन्छन्।
विन्डी : १५ वर्षीया विन्डी मिस्त्री स्यकमा काम गर्छिन्। डिप्परले उनलाई मन पराउँछ र फकाउने प्रयास गरिरहन्छ। उनको पिता काठ काट्ने काम गर्छन्। उनी हेर्दा पनि निकै बलिया देखिन्छन्। विन्डी पनि आफ्नो पिताजस्तै बलियो हुन्छिन् र अप्ठ्यारो समयमा साहसी काम गरेर सबैलाई बचाउने गर्छिन्।
यस शृंखलाले एम्मी अवार्डसमेत जितेको छ।
(एजेन्सीको सहयोगमा)
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)