प्रहरीले अर्धवस्त्रमै महिलालाई पक्राउ गरेको भन्दै प्रदेशसभामा सांसदको आपत्ति

प्रहरीले अर्धवस्त्रमै महिलालाई पक्राउ गरेको भन्दै प्रदेशसभामा सांसदको आपत्ति

ढल्केवर (धनुषा) : नेपाली कांग्रेस मधेस प्रदेशसभाका प्रमुख सचेतक कुमरकान्त झाले प्रतिवादी भनिएकी एक महिलालाई धनुषा प्रहरीले अर्धवस्त्रमा पक्राउ गरेको भन्दै सदनमा आपत्ति जनाएका छन्। 

सोमबार बसेको मधेस प्रदेशसभाको बैठकमा बोल्दै उनले धनुषाको मिथिला नगरपालिका-१ बस्ने रामदेव महतोकी बुहारी बबिता महतोलाई नुहाइरहेकै अवस्थामा धनुषा प्रहरीले प्रहरी जवान लगाएर पक्राउ गरेको भन्दै आपत्ति जनाएका हुन्।

प्रहरीले बबितालाई पेटिकोट र ब्लाउज लगाएको अवस्थामा समातेर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको घटना सम्बन्धमा प्रदेशसभा सदस्य झाले सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। ‘उहाँको अपराध होला, त्रुटि होला। त्यसमा कानुनले सजाय दिने हो। तर, एकातिर हामी महिला सम्मानको कुरा गरिरहेका छौं। महिला उत्थानको कुरा गरिरहेका छौं,’ प्रदेशसभा सदस्य झाले भने, ‘हाम्रै प्रदेशका प्रहरीले नुहाइरहेको अवस्थामा पेटिकोट र ब्लाउज लगाएको अवस्थामा महिलालाई समातेर ल्याएको छ। म त्यो घटनालाई घोर भर्त्सना गर्दछु।’ उनले उक्त घटनाको न्यायिक जाँच गर्न पनि माग गरे।

जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिवकुमार यादवले कानुन बमोजिम रित पुर्‍याएरै बैंकिङ कसुरका दुई फरार प्रतिवादी महिलालाई पक्राउ गरेको दाबी गरे। अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा सोमबार बैंकिङ कसुरका फरार प्रतिवादीको सूचीमा रहेकी मिथिला नगरपालिका-१ की बिनिता कुमारी महतो र सोही ठाउँकी रञ्जुकुमारी महतोलाई पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले बताए। 

‘बबिता होइन, बिनिता हो। हामीकहाँ त्यस्तो केही कुरा आएको छैन। माननीयज्यूले भन्नुभएजस्तो छैन। दुवै महिलालाई पक्राउ गर्न महिला प्रहरी नै परिचालन गरिएको थियो। कुनै आपत्तिजनक अवस्था थिएन। प्रहरीले कानुन बमोजिम रित पुर्‍याएरै उहाँहरूलाई पक्राउ गरेको हो,’ प्रहरी निरीक्षक यादवले अन्नपूर्णसँग भने। दुवै महिलालाई अदालतमा पेस गरिसकेको उनले बताए।र


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.