१७ जना सहसचिवको सरुवा
काठमाडौं : सरकारले १७ जना सह-सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा उनीहरूलाई सरुवा गरेको हो।
आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला मन्त्रालय, भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोग, दीर्घ राज मैनालीलाई राष्ट्रिय सूचना आयोग र नारायण प्रसाद रिसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।
त्यस्तै कमलप्रसाद भट्टराईलाई श्रम मन्त्रालय, तीर्थराज चिलुवाललाई अर्थ मन्त्रालय, पार्वती अर्याललाई अर्थ मन्त्रालय, यज्ञराज कोइरालालाई कृषि मन्त्रालय, उदयबहादुर राना मगरलाई बागमती मुख्यमन्त्री कार्यालय, राम चरित्र मेहतालाई खेलकुद मन्त्रालयमा सरुवा गरिएको हो।
त्यस्तै युवराज पौडेललाई शिक्षा मन्त्रालय, आदेश खड्कालाई सञ्चार मन्त्रालय, श्रीचन्द्र साहलाई अर्थ मन्त्रालय, राजकुमार गोइतलाई सहरी विकास मन्त्रालय, पुष्कर प्रसाद पोखरेललाई सहरी विकास मन्त्रालय, प्रमेकुमार सिंहलाई भौतिक पूर्वाधार मन्त्रालय र नम्रता सिंहलाई संघीय मामिला मन्त्रालयमा सरुवा गरिएको हो।
प्रतिक्रिया दिनुहोस !