अविनको कार्टुन संग्रह बजारमा

अविनको कार्टुन संग्रह बजारमा

काठमाडौं : कार्टुनिस्ट अविन श्रेष्ठको कार्टुन संग्रह ‘बेस्ट अफ अविन' (भाग–२) लोकार्पण भएको छ। बिहीबार जमलस्थित एल्लो प्यागोडा होटलमा आयोजित कार्यक्रममा विभिन्न पत्रिकाका सम्पादक तथा वरिष्ठ पत्रकारले कार्टुन संग्रह सार्वजनिक गरेका हुन्। 

कार्यक्रमका विशिष्ट अथिति तथा वरिष्ठ पत्रकार अखिलेश उपाध्यायले सामान्य मान्छेको भन्दा कार्टुनिस्टको दिमाग फरक ढंगले चल्ने बताए। यही फरकपनाको कारण उनको कार्टुन पुस्तकमा आएको उनको भनाइ छ। 

कार्टुनिस्ट केवल कार्टुनिस्ट मात्र नभएर एक कलाकार पनि भएको वरिष्ठ पत्रकार किशोल नेपालले बताए। पत्रकार नेपालले कार्टुनिस्ट भनेर उसको कलाकारितालाई दबाउने गरेको बताए।। ‘यसप्रति कार्टुनिस्टले पनि ध्यान दिनुपर्छ’, उनले भने। 

त्यसैगरी कार्यक्रम उपस्थित अर्का वरिष्ठ पत्रकार जीवेन्द्र सिम्खडाले यो पुस्तक केवल कार्टुनको संकलन वा संग्रह मात्र नभएर नेपालको १२/१३ वर्षको सिङ्गो इतिहासको एक दस्तावेज भएको बताए। 

छोटो कार्टुनमा अलि बढी शब्दको प्रयोग गर्नु र ठूलो कार्टुनमा कम शब्दको प्रयोग गर्नु अविनको कार्टुनको विशेषता रहेको लेखक तथा वरिष्ठ पत्रकार नारायण वाग्लेले बताए।  अर्का वरिष्ठ पत्रकार युवराज घिमिरेले अविनको कार्टुनले नेपालको तत्कालीन राजनीतिक, सामाजिक अवस्थाप्रति कलात्मक रूपमा व्यङ्ग्य गर्दै आएको बताए। 

कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले कार्टुनको माध्यमबाट अविनले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सकेकोमा बधाई दिए। ‘कार्टुनिस्ट धेरै छन्। तर, अविनले बनाएको  कार्टुनमा नाम नराखे पनि चिन्न सकिन्छ’, सम्पादक शर्माले भने, ‘यो एउटा कार्टुनिस्टको सफलता हो।’ 

कार्यक्रममा बोल्दै अविनले आफूलाई बाल्यकालदेखि नै चित्र कोर्न मन लाग्ने र त्यसैको निरन्तरतास्वरुप आज यहाँसम्म आइपुगकेको बताए। उनले कार्टुनिस्टको रुपमा चिनिनुमा सम्पादकको ठूलो भूमिका रहेको भन्दै  सबैलाई धन्यवाद दिए।

अविनको कार्टुन संग्रह बुकआर्ट नेपालले बजारमा ल्याएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.