कोरोनाले भारतमा फेरि एकको मृत्यु

कोरोनाले भारतमा फेरि एकको मृत्यु

भारत : भारतमा कोभिड-१९ कोरोना भाइरस सङ्क्रमण भएका एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति दक्षिण भारतको कर्नाटक राज्यका एक ७६ वर्षीय पुरुष हुन्। उनको मंगलबार मृत्यु भए पनि बिहीबार मात्रै परीक्षण सार्वजनिक गरिएको थियो।

उनी साउदी अरबमा एक महिना बसेर फेब्रुअरी २९ मा स्वदेश फर्किएका थिए। साउदी अरबबाट फर्किँदा विमानस्थलमा उनलाई जाँचिएको थियो। तर त्यति बेला उनमा कोभिड-१९ का कुनै लक्षण देखिएको थिएन। तर एक हप्तापछि अर्थात् मार्च ५ मा उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्‍यो। त्यसपछि उनलाई अस्पताल लागियो।

राज्यका स्वास्थ्यमन्त्रीका अनुसार ती व्यक्तिको सम्पर्कमा आएका सबै मानिस पत्ता लगाउने र उनलाई क्वारेन्टाइनमा राख्ने प्रयास भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.