बाजुरामा असिना-पानी
बाजुराः बाजुरा जिल्लाका दक्षिणी क्षेत्रको भू-भागमा पाक्नै लागेको हिउँदे बाली असिना पानीले नष्ट गरेको छ । शनिबार साँझ करिब एक घण्टा समयसम्म परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकिसकेको जौं, तरकारी तथा फलफूल लगाएतका बालीमा क्षति पुगेको बुढीगंगा नगरपालिका ९ का किसान जनक सिंहले जानकारी दिए ।
बाजुरा जिल्लाका दक्षिण क्षेत्र बुढीगंगा नगरपालिका, त्रिबेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा चैत्रको पहिलो हप्ताबाट जौ बाली भित्र्याउने तयारीमा किसान थिए।
बाजुरासँगै सिमाना जोडीएका अछाम जिल्लाका मेल्लेख गाउँपालिका,साफेबगर नगरपालिकाको बाल्ला क्षेत्रमा पनि असिना पानीले बाली नष्ट भएको किसानले जानकारी दिएका छन् ।
पानी र ठूला-ठूला दानासहित परेको असिनाले तरकारी र जौ बालीमा लाखौको क्षति र्पुयाएको बुढिगगा ९ का स्थानीय शिक्षक डम्बरबहादुर सिहले बताए ।
दिउँसो १ बजेपछि एकाएक मौसम बदली भई साँझपख असिना पानीसहित हुरीले जनजीवन अस्तव्यस्त पारेको हो । गहुँबाली उत्पादनका लागि भण्डारको रुपमा चिनिएको बुढीगंगा र त्रिवेणी नगरपालिकामा पाक्न थालेका गहुँबालीमा असिनाले क्षति र्पुयाएपछि किसानहरू चिन्तित छन् । बीउ उत्पादनका लागि समेत लगाइएको गहुँमा क्षति पुगेको स्थानीय बताउँछन् ।
तरकारी र गहुँजौको नलमा रसै निस्कीने गरी क्षति पुगेको बुढीगंगा नगरपालिका गोमती कटुवालले बताएकी छन् ।
जिल्लाका अन्य स्थानीय तहमा जेठ र असारसम्म गहुँबाली पाकिसक्छ।बेशी क्षेत्र बढी उत्पादन हुने क्षेत्रका रुपमा पनि लिने गरिएको छ । कृषि ज्ञान केन्द्रले पनि त्रिवेणी, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका क्षेत्रका भारी असिना परेको बताएको छ ।
असिनाबाट भएको क्षतिको डाटा आइ नसकेको जिल्ला कृर्षि ज्ञान केन्द्र बाजुराका प्रशार अधिकृत्त मीनप्रशाद जैशीले बताए । सम्बन्धित स्थानीय तहलाई डाटा संकलनका लागि पत्राचार र टेलिफोनमार्फत जानकारी गराएको उनले बताए । सम्भव त धेरै लामो समय पछिको ठूलै क्षति भएको छ । एकिन डाटा आएपछि बताउने उनले बताए।
बुढीगंगा नगरपालिकाका कृषि शाखा प्रमुख दीपक थापाले पूरै नगरपालिकामा लगाइएको हिउँदे बाली तरकारी तथा फलफूलमा ठूलो क्षति भएको छ । के कति क्षति भएको भन्ने बारे आजबाट प्रारम्भिक अध्यान सुरु गरिएको बताए । डाटा केही दिनमै संकलन आउने उनले बताए ।
नगरपालिकाका दशवटै वडालाई डाटा संकलनका लागि जानकारी गराइएको र नगरपालिकामा उपलब्ध कर्मचारीलाई समेत आइतबारबाटै डाटा संकलनका लागि खटाइएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख दीपक शाहले बताए।
प्रतिक्रिया दिनुहोस !