साँफेबगरमा पूर्वाधार व्यवस्थापन प्रणाली सञ्चालन

साँफेबगरमा पूर्वाधार व्यवस्थापन प्रणाली सञ्चालन

अछाम : साँफेबगर नगरपालिकाले पूर्वाधार व्यवस्थापन प्रणाली अर्थात इन्फाइस्टक्चर म्यानेजमेन्ट सिस्टम सञ्चालन गरेको छ। पूर्वाधार व्यवस्थापन प्रणालीले भौतिक पूर्वाधार विकासका योजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

पूर्वाधार व्यवस्थापन प्रणालीमार्फत नगरपालिकाले सञ्चालन गर्ने भौतिक पूर्वाधार विकासका हरेक गतिविधिबारे आम नगरबासीले घरबाटै जानकारी लिन सक्ने नगरपालिकाका सूचना प्रविधि अधिकृत कविता कुँवरले दिइन्। नगरबासीले आफ्नो वडा वा टोलमा कुन कुन योजना छनौट भए, योजना कार्यान्वयनको चरणमा गयो कि गएन, भौतिक र वित्तिय प्रगती के छ भन्ने बारेमा घरमै बसेर जानकारी लिन सक्ने कुँवरको भनाई छ।

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले भौतिक पूर्वाधार विकासका योजनामा नगरबासीको प्रत्यक्ष निगरानी रहने हुदा पारदर्शीता र सुशासन कायम गर्नमा पूर्वाधार विकास प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने बताए। साँफेबगर नगरपालिका देशभरका ७ सय ५३ स्थानीय तह मध्ये आफूले तेस्रो नगरपालिका प्रविधि सुरु गर्ने नगरपालिका भएको उनको दावी छ।

ims.susasan.org/sanfe वा गुगोल प्ले स्टोरमा गएर मोवाइल एप्लिकेशन डाउनलोड गर्न सक्ने नगरपालिकाले जनाएको छ। यस अघि पूर्वाधारमा सूचना प्रणालिको प्रयोग धनगढी उपमहानगरपालिका र काठमान्डौं कृतिपुर नगरपालिकाले प्रयोगको सुरुवात गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.