टिपरको ठक्करबाट आमाछोरीको मृत्युपछि तनाव

टिपरको ठक्करबाट आमाछोरीको मृत्युपछि तनाव

काभ्रे : टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि सोमबार साँझ पनौती तनावग्रस्त बनेको छ। बनेपाबाट पनौतीतर्फ गुडिरहेको बा५ख ५४८० नम्बरको टिपरले पनौती बसपार्कमा ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको मृत्यु भएको थियो।

स्मारिकाले बाटो काट्ने क्रममा आमाले छोरीलाई बचाउन खोज्दा टिपरले किचेको थियो। स्मारिकाको घटनास्थलमै र जुनीमायाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो।

चालकको लापरबाहीका कारण आमाछोरीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सातजना घाइते भएका छन्। स्थानीयले घटनाको विरोधमा नाराबाजी गरेर सडक अवरुद्ध गरेका थिए। उनीहरूले पनौतीस्थित प्रहरी बिट जलाइदिएका छन्।

घाइते हुनेमा तीन सर्वसाधारण र चार प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविकुमार पौडेलले जानकारी दिए। झडप नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अ श्रुग्यास प्रहार गरेको थियो। घाइते सबैको सिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। घटनास्थल प्रहरी बिट नजिकै छ।

टिपर र चालक नवराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। शव पोस्टमार्टमका लागि सिर मेमोरियल अस्पतालमा राखिएको छ। साँझ ९ बजेपछि पनौती साम्य भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.