मास्कबिनै खटाएकामा आपत्ति

मास्कबिनै खटाएकामा आपत्ति

विराटनगर : कोरोना भाइरस रोकथामका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मास्कबिनै सिमानामा खटाएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

सोमबार बसेको प्रदेश १ संसद् बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले नेपाल भित्रिनेको स्वास्थ्य परीक्षण गर्न प्रदेश सरकारले सिमानामा खटाएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नै विभिन्न रोगको सिकार हुने सम्भावना रहेको बताए।

‘जोगबनी नाकामा पुगेको थिएँ, त्यहाँ खटिएका ८ स्वास्थ्यकर्मीलाई एउटा पोसाक दिइएको छ, मास्क छैन,’ उनले प्रश्न गर्दै भने, ‘पारिबाट आउने नागरिकलाई समाएर यता जाँच गर्न जानुस् भन्ने सुरक्षाकर्मी खाली हात मान्छे समाउँदै छन्, के कोरोना पुलिस देखेर भाग्छ? ’

सांसद कार्कीले कोरोना भाइरसको रोकथाममा सरकारले पूर्ण तयारी गरेन भन्दै मन्त्रीले सदनमा आएर सिगान पुच्छ्न सिकाएको आरोप लगाए। ‘कोरोनाको रोकथाममा समयमै सचेत बनौँ भन्दै मन्त्री सदनमा आएर यसरी हाछ्यूँ गरौँ, यसरी सिगान पुछौँ भन्नुहुन्छ,’ सांसद कार्कीले भने, ‘मन्त्रीले सदनमा भनेको कुनै पनि कुरा कार्यान्वयन भएको छैन।’

केही दिनअघिको संसद् बैठकमा विराटनगरको कोसी अस्पतालमा आइसोलेसन वार्ड छ भनेर जवाफ दिएका सामाजिक विकासमन्त्री जीवन घिमिरेतर्फ लक्ष्य गर्दै शून्य समयमा बोलेका सांसद कार्कीले मन्त्रीले सबै कुरा झुट बोलेको बताए। ‘मन्त्रीले आइसोलेसन छ भनेको अस्पतालमा आइसोलेसन छैन, धरान रेफर गरेको बिरामीलाई डाक्टरले हेरेन, सिमानामा बिजोक छ,’ उनले भने ‘मन्त्रीले ढाँटेर हुन्छ? ’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.