ऋण काढेर एसईई दिन गएकालाई चिन्ता : अब कसरी तिर्ने ?

ऋण काढेर एसईई दिन गएकालाई चिन्ता : अब कसरी तिर्ने ?

अछाम : चौरपाटी गाउँपालिका-२ सिउँडीकी पार्वती थापाको एसईई परीक्षा केन्द्र साँफेबगर नगरपालिका-१ बैद्यनाथको सुर्यचन्द्र माविमा परेको थियो। घरबाट दैनिक परीक्षा दिन सम्भव नभएकाले उनले चैत ३ गते नै परिक्षा केन्द्र नजिकै कोठा लिएर परिक्षा दिने तयारीमा थिइन्। परीक्षाको अघिल्लो दिन साँझ कोभिड-१९ कोरोना भाइरसको कारण एसईई स्थगित भएको खबर आयो। उनले त्यो खबर पत्याइनन्। उनी पछिल्लो दिन बिहानै परीक्षा दिन परिक्षा केन्द्रका पुगिन्।

उनले भनिन् ‘परीक्षा स्थगित भएको विश्वाश नै लागेन, परीक्षा केन्द्रमा पुगेपछि सरले परीक्षा नहुने भनेपछि मात्र विश्वाश लाग्यो। ऋण निकालेर परिक्षा दिन आएको थिए। पैसा खर्च भयो। अब ऋण कसरी तिर्ने भन्ने चिन्ताले उनलाई पिरोलेको छ। अबफेरि परीक्षा दिन जाँदा पनि उतिक्‍कै खर्च हुन्छ। अब कसलाई ऋण माग्न जाने हो चिन्ता लागिरहेको छ।’

सिउँडीकै आशिष शाह पनि परीक्षा स्थगित भएपछि निन्याउरो अनुहार लगाएर घर फर्किए। उनले भने ‘एक त परीक्षा केन्द्र टाढा पर्छ। त्यसमाथि यसरी परीक्षा स्थगित हुदाँ झनै समस्या भयो। घरबाट दिएको पैसा त्यसै खर्च भयो, नहुनेलाई त झनै मर्का परेको छ। यसको क्षतिपूर्ति गाउँपालिकाले दिनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.