बेड तयार, छैनन् उपकरण

बेड तयार, छैनन् उपकरण

बुटवल : कोरोना संक्रमितको उपचारका लागि प्रदेश ५ मा अस्थायी अस्पताल बनाउने होडबाजी छ। कुनै पनि निकायले ती अस्पतालमा खटिने स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) तयार पारेका छैनन्।

प्रदेशभरि ३ सय ७० आइसोलेसन बेड तयार गरिएको छ। ती बेड प्रयोगमा आउनासाथ करिब ५ सय पीपीई चाहिन्छ। प्रदेशसँग जम्मा २५ मात्र छन्। चिकित्सकका अनुसार तिनले एक साता पनि धान्न कठिन छ। कोरोना नदेखिएको भन्दै प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतका निकायले पीपीईको व्यवस्था गरेका छैनन्। मास्क र पन्जासमेत सीमित संख्यामा छन्। ‘उपकरण खोजीकै क्रममा छौं,’ स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले भने, ‘संक्रमण देखिहाले तयारी गरिहाल्छौं।’

कोरोना संक्रमितको उपचारमा मात्र नभएर शंकास्पदको उपचार गर्ने चिकित्सकले समेत पीपीई लगाउनुपर्छ। लुम्बिनी प्रादेशिक अस्पतालमा केही चिकित्सकले आइसोलेसनमा रहेका बिरामीको उपचारमा पीपीई प्रयोग गरेका छन्। तर मन्त्रालयसँग नै सीमित संख्यामा भएकाले चिकित्सकले जोखिममै काम गर्नुपरेको छ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालले बिरामीको स्क्रिनिङ गर्दा मास्क र पन्जाबाट नै काम चलाइएको बताए। ‘आशंकित बिरामीसँग नछोइकनै अलि टाढैबाट सोधपुछ गरिरहेका छौं, आइसोलेसनमा राखेका बिरामीको उपचार गर्ने चिकित्सकले भने पीपीई लगाउनुभएको छ,’ उनले भने। प्रारम्भिक अवस्थाका बिरामीसँग सजग भएर काम गर्न पनि सकिने उनले बताए। कतिपय अस्पतालले पीपीई नभएकै कारण उपचार नगरी शंकास्पद बिरामी फिर्ता पठाएका छन्। यसबाट बिरामी झन् त्रासमा छन्। सीमित पीपीई मौज्दात रहेको र मागका आधारमा वितरण गरिने मन्त्रालयले जनाएको छ।

प्रदेश ५ मा लुम्बिनी र भेरी प्रादेशिक अस्पतालमा मात्रै शंकास्पद बिरामीको स्वाब निकाल्ने गरिएको छ। स्वाब काठमाडौं पठाउने भीटीएम उपकरणसमेत सीमित भएकाले कठिन भइरहेको चिकित्सकहरू बताउँछन्। प्रयोगशालाको काममा जनस्वाथ्य कार्यालयले समन्वय गरेका छन्। स्वाब संकलन गर्नेले पनि पीपीई लगाउनुपर्छ।

प्रदेश सरकारसँग ज्वरो नाप्ने थर्मलगन समेत २५ वटा मात्र छन्। पन्जा हजार थान, एन ९५ मास्क ४० थान, भीटीएम उपकरण २ वटा मात्र छन्। अस्थायी अस्पताल निर्माण गरेका स्थानीय सरकार पनि उपकरण व्यवस्थापनमा बेखबर छन्। कतिपय स्थानीय तहमा थर्मल गनसमेत छैन।

हेल्थ डेस्कसमेत असुरक्षित तवरबाट सञ्चालन भइरहेका छन्। सामान्य मास्क प्रयोग गरेर परीक्षण गरिरहेका छन्। सर्जिकल मास्क कालोबजारी भइरहँदा सरकारी निकायले भने उपलब्ध नभएको बताउँदै आएका छन्। उपचारमा खटिने स्वास्थ्यकर्मीले पीपीई नभए समस्या हुने बताए। ‘अहिले संक्रमण छैन र काम चलिरहेको छ, संक्रमण देखिए अहिलेको तयारीले पुग्दैन,’ एक चिकित्सकले भने, ‘स्वास्थ्यकर्मी चाहेर पनि उपचारमा जान नसक्ने हुनसक्छ।’

२४ घण्टामै सय बेड

बुटवलको धागो कारखानामा सय बेडको आइसोलेसन कक्ष बनाइएको छ। बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालले धागो कारखानाको खाली भवनमा बेडसहितको अस्थायी अस्पताल बनाएका हुन्।

२४ घण्टामै अस्पताल तयार पारिएको छ। अस्पतालमा बस्ने चिकित्सक र उपकरण पनि तम्तयार गरिएको छ। बुटवल उपमहानगरका स्वास्थ्य, जनसंख्या एवं शिक्षा एकाइ प्रमुख मित्रमणि खनालले चिकित्सक व्यवस्थापनको काम लुम्बिनी अस्पतालले गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.