मालवाहक गाडीबाहेक वीरगन्ज नाका बन्द (फोटो फिचर)

मालवाहक गाडीबाहेक वीरगन्ज नाका बन्द (फोटो फिचर)

वीरगन्ज : सरकारले भारत र चीनसँगका सबै नाका एक साताका लागि बन्द गर्न निर्देशन दिएपछि भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज पनि पूर्ण रुपमा बन्द गरिएको छ। कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै सरकारले भारत र चीनसँग जोडिएका नेपालका सबै सीमा नाका सोमबार बिहान १० देखि चैत १६ को राति १२ सम्मका लागि बन्द गरेको हो।

त्यहि निर्देशन अनुरुप नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज पनि पूर्ण रुपमा बन्द गरिएको हो। बिहान १० बजेदेखि नै नाका बन्द गर्ने सरकारको निर्णय भए पनि वीरगन्ज नाका भने ११ बजेदेखि मात्रै बन्द गरिएको हो। त्यसअघि बिहान ११ बजेसम्म भने भारतबाट घर फर्किने नेपालीलाई मात्रै नाकामा स्वास्थ्य चेकजाच गरि नेपाल प्रवेश गर्न दिइएको थियो। भारतीयलाई भने सीमा नाकाबाटै सुरक्षाकर्मीले भारत फिर्ता पठाइ दिएका थिए।

यस्तै बिहान ११ बजे सम्म नेपालबाट भारत फर्किने भारतीयलाई पनि सहज रुपमा भारत जान दिइएको थियो। तर बिहान ११ बजे पछि भने वीरगन्ज नाका पुर्ण रुपमा बन्द गरेर नाकामा आवागमन रोकिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बताए। सीमा नाका बन्द गर्ने समय बिहान १० बजे नै शुरु भए पनि भारतबाट आएका नेपालीहरुको भीड रहेकोले ११ बजेसम्म उनीहरुलाई प्रवेश गर्न दिइएको तर ११ बजेपछि भने नाका पूर्णरुपमै बन्द गरिएको कार्कीले जानकारी दिए।

नेपालबाट भारत फर्कनेहरुलाई पनि नाकामै रोकेर वीरगन्ज फर्काइएको छ कार्कीले भने ‘उताबाट आउनेहरुलाई मितेरी पुलमै सुरक्षाकर्मीले रोकेर भारत फिर्ता पठाइ रहेका छन्। वीरगन्ज नाकामा सुरक्षाकर्मीले नेपाल भारत दुबैतिर प्रवेशमा रोक लगाएपछि नाकामा रोकिएका नेपालबाट भारत फर्कने भारतीयहरु अलपत्र परेका छन्। नेपालका विभिन्न स्थानबाट भारतस्थित घर फर्किन लागेका भारतीयलाई सुरक्षाककर्मीले नाकामै रोकिए दिएका कारण उनिहरु नाकामै अलपत्र परेका हुन्। 

मालवाहक गाडी आयातमा कुनै अवरोध छैन
नाका बन्द गरिए पनि भारतबाट नेपालका लागि मालसामान बोकेर आउने मालवाहक गाडीहरुलाई भने सहज रुपमा प्रवेश गर्न दिइएको छ। प्रजिअ कार्कीले भने ‘भारतबाट आउने मालवाहक गाडीलाई कुनै रोक लगाइएको छैन्। सरकारको निर्देशन अनुसार मालवाहक सवारीसाधन सहज रुपमा प्रवेश गर्न दिएका छौ।'

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले पनि भारतबाट मालवाहक सवारीसाधनको प्रवेशमा कुनै अवरोध नरहेको बताए। मान्छेको आउजाउ मात्रै रोकिएको हो, उनले भने ‘भारतबाट मालवस्तु बोकेर आउने गाडीमा कुनै अवरोध छैन्।

भारतबाट आइरहेका मालवस्तुको भन्सार जाचपास पनि सहज रुपमै भइरहेको खत्रीले जानकारी दिए। उनले भने ‘मालवाहक गाडीलाइ कुनै अवरोध गरिएको छैन् तर साबिकको भन्दा केहि मात्रै कम गाडी आएका छन्। भारतबाट आएका मालवस्तुको भन्सार जाँचपास प्रकृयालाई पहिलेको भन्दा अहिले झन छरितो र सहज पनि बनाएको खत्रीले जानकारी दिए।

यसअघि आइतवार पनि वीरगन्ज नाका सुनसान भएको थियो।भारतमा कोरोना भाइरसको संक्रमणबाट जोगिन त्यहाँको सरकारले आइतबार आह्वान गरेको जनता कर्फ्युको प्रत्यक्ष असर वीरगन्ज नाकामा पनि परेको थियो। जसका कारण आइतबार वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली पनि प्रभावित भएको थियो।

वीरगन्ज भन्सार कार्यालयले सामान्य अवस्थामा दैनिक औसतमा ४० देखि ४२ करोड रुपैयाँ रजश्व संकलन गर्दै आएको छ। तर आइतबार भने १४ करोड ७ लाख ९५ हजार रुपैयाँ मात्र राजश्व संकलन उठेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.