'लकडाउन'को बेला सुनसान वीरगन्ज (फोटो फिचर)
वीरगन्ज : कोरोना भाइरस रोकथामका लागि सरकारले पूर्ण रुपमा ‘लकडाउन’ गरेसँगै वीरगन्ज पनि मङ्गलबार बिहानैदेखि शान्त छ ।
बिहान सवेरै वीरगन्जका सडकमा मानिसहरुको चहलपहल देखिए पनि १० बजेपछि भने बजार ठप्प भयो । फाटफुट रुपमा मोटरसाइकल ओहोरदोहोर भने गरेका छन् । कतिपय स्थानमा प्रहरी आफैँ पुगेर सवारी साधन र पसलहरु बन्द गराउनु परेको थियो । चोक चोकमा पुगेर ससाना जमघट पनि प्रहरीले हटाएको छ । लक डाउनको अवधिमा सरसफाइका लागि निस्किएका वीरगन्ज महानगरपालिकाका कर्मचारीहरुलाई समेत प्रहरीले रोकेको छ ।







प्रतिक्रिया दिनुहोस !