कोरोना संक्रमित युवतीसँगै आएका युवा इटहरीमा भेटिए

कोरोना संक्रमित युवतीसँगै आएका युवा इटहरीमा भेटिए

इटहरी : कोरोना संक्रमित युवतीसँगै आएका एक युवा इटहरीमा भेटिएका छन् । कतार हुँदै नेपाल आएकी कोरोना संक्रमित १९ वर्षीया युवतीसंगै आएका इटहरी उपमहानगरपालिका–१६ का एक युवालाई ज्वरो आएपछि निगरानीमा राखिएको छ । 

कतार एयरवेजको जहाजबाट चैत्र ४ गते ती युवा नेपाल आएका थिए । उनको स्वास्थ्य अवस्थाको बारेमा स्वास्थ्यकर्मीले जानकारी लिएर निगरानीमा राखिएको इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताइन् । 

उक्त विमानमा सुनसरीका चार जना सवार भएको जानकारी सुनसरी प्रहरीलाई आइपुगेको एसपी यज्ञविनोद पोख्रेलले जानकारी दिए ।  तीमध्ये अर्का एक जना धरानस्थित वीपी प्रतिष्ठानमा स्वास्थ्यकर्मीको निगरानीमा छन् । अरु दुई जनाको पहिचान भइनसकेको उनले बताए । ‘पासपोर्ट नम्बरहरु पनि नमिलेर भेरिफाइ गर्दैछौं,’ उनले भने, ‘ठेगानामा सुनसरी मात्र लेखिएकोले कुन ठाउँको हो, थाहा भएको छैन ।’

इटहरीमा आधा दर्जन निगरानीमा

इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमकाअनुसार इटहरीमा झण्डै आधादर्जन सम्भावित संक्रमितहरुलाई निगरानीमा राखिएको छ ।  भर्खरै विदेशबाट आएका इटहरी १४ का एक जना पुरुषलाई ज्वरो आएको छ । उनलाई अहिले स्वास्थ्यकर्मीले निगरानीमा राखेका छन् ।

त्यसैगगरी ४ दिनअघि मात्र अष्ट्रेलियाबाट आएका इटहरी–४ का एक व्यक्तिलाई पनि निगरानीमा राखिएको छ ।  यस्तै इटहरीको बज्राहमा पनि भारतको संक्रमित क्षेत्रबाट आएका ९ जना घरमै बसिरहेको सूचना आएकाले क्वारेन्टाइनमा राख्नका लागि आवश्यक पहल थालिएको उपमेयर गौतमले जानकारी दिइन् ।

इटहरीकै १७ नं. वडामा रहेका एक व्यक्तिलाई पनि ज्वरो आएपछि निगरानीमा राखिएको छ । दुबईमा काम गरेर एक साताअघि आएका उनमा ज्वरो देखिएपछि सतर्कता अपनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.