अछाममा एकजना आइसोलेसनमा भर्ना, स्वाब पठाउने उपकरण नहुँदा समस्या

अछाममा एकजना आइसोलेसनमा भर्ना, स्वाब पठाउने उपकरण नहुँदा समस्या

अछाम : अछामको बयालपाटा अस्पतालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको आशंकामा एक जनालाई आइसोलेसन वार्डमा राखिएको छ। अछामका ७२ वर्षीया वृद्धालाई दुई दिनअघि सम्पर्कमा आएका थिए। श्वाप्रश्वासमा समस्या भएपछि उनी मंगलबार अस्पताल गएका थिए।

स्वास्थ परिक्षणको क्रममा उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले आइसोलेसन वार्डमा राखेको बयालपाटा अस्पतालका डाक्टर विकास गौचनले बताए। उनले भने ‘ति व्यक्ति केहि दिनअघि भारतबाट आएका थिए। लक्षण हेर्दा कोरोनाको संक्रमण जस्तै देखिएको छ' उनले भने तर स्वाब परिक्षणका लागि काठमाडौं पठाउन सकेका छैनौ। किनभने स्वाब पठाउने (भाईरल ट्रान्सपट मिडिया) नहुँदा समस्या भएको छ। पटक पटक भन्दा पनि अहिलेसम्म आइपुगेको छैन्।’ ति व्यक्तिलाई आइसोलेन बेडमा राख्नुको अरु विकल्प आफुहरुसँग नभएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.