भारतबाट आएकालाई होटल र होस्टेल क्‍वारेन्टाइनमा राखियो

भारतबाट आएकालाई होटल र होस्टेल क्‍वारेन्टाइनमा राखियो

सुर्खेत : भारतबाट सुर्खेत फर्किएका १०२ जनालाई वीरेन्द्रनगरस्थित एक होटल क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर १० दैलेख रोडचोकमा रहेको होटल अशोकमा ७२ जनालाई र अन्तनिर्भर समाजको होस्टेलमा ३० जनालाई क्वारेन्टाइन राखिएको हो । होटलमा क्वारेन्टाइनका लागि २७ वटा कोठा भाडामा लिइएका छन् । 

होटल र होस्टेलभित्र क्वारेन्टाइनमा राखिएका नेपालका विभिन्न भन्सार नाकाबाट सुर्खेत भित्रिएका हुन् । उनीहरुको निगरानीका लागि होटलमै स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी परिचालन गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दलबहादुर रावतले बताए । उनका अनुसार होटल र होस्टेलमा क्वारेन्टाइन राखिएकाको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ ।

वीरेन्द्रनगरको खुलामञ्चमा क्वारेन्टाइन निर्माणाधिन अवस्थामा रहेकाले तत्कालका लागि होटलमा क्वारेन्टाइन राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले बताए । उनका अनुसार लकडाउनको अवज्ञा गर्दै सडकमा जथाभावी हिड्नेलाई समेत प्रहरीले कारवाही गरिरहेको छ ।

सुर्खेतमा लकडाउनको समयमा चलाएका तीनसय ३५ बढी सवारी नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय छिन्चु, लेकवेशी, बावियाचौर, प्रहरी पोष्ठ गोठीकाँडा, प्रहरी चौकी सुब्बाकुना र बड्डीचौरले सवारी साधन नियन्त्रणमा लिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन र उच्च सतर्कता अपनाउन गरिएको लकडाउनका बेला नागरिकलाइ घर बाहिर ननिस्कन माइकिङ गर्न थालिएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.