गौरीफन्टा नाकाबाट आएका ५० जना क्‍वारेन्टाइनमा

गौरीफन्टा नाकाबाट आएका ५० जना क्‍वारेन्टाइनमा

अछाम : गौरीफन्टा नाकाबाट उद्वार गरेर अछाम ल्याइएका ५० जनालाई सदरमुकाम मंगलसेनको क्वारेन्टायनमा राखिएको छ। १२ जना बालबालिका अन्य महिला पुरुष गरी ३८ गरी ५० जनालाई क्वारेन्टाइनमा राखिएको हो।

सुदुरपश्चिम प्रदेश सरकारको समन्वय तथा प्रहरीको स्कटिङमा अछाम ल्याइएका सबै स्थानीय तहका नागरिकलाई १४ दिनसम्म मंगलसेनमा रहेको कृषि ज्ञान केन्द्रमा निमार्ण गरिएको क्वारेन्टाइनमा राखिएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले जानकारी दिए।सम्बन्धित स्थानीय तहमा जनप्रतिनिधिसँग समन्वय गरेर मंगलसेनमै १४ दिनसम्म राख्न लागिएको उनले बताए।

उनीहरुको स्वास्थ परिक्षणपछि क्वारेन्टाइनमा राखिएको मंगलसेन नगरपालिकाका स्वास्थ शाखा प्रमुख मानबहादुर सोडारीले बताए। उनले भने ‘स्वास्थ परिक्षण गर्‍यो, ज्वरो, रुघाखोकी कसैलाई पनि देखिएको छैन्। दैनिक उनीहरुको स्वास्थ परिक्षण हुनेछ।’ उनीहरुलाई सम्झाउन निकै गाह्रो भयो, अपराधीको जस्तो व्यवहार गर्ने भन्दै हामीलाई रिसाउनसमेत थाले। मेयर साबले सम्झाएपछि क्वारेन्टाइनमा बस्न सहमत भएका छन्।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.