छुट्टाछुट्टै ठाउँमा दुई बालिकासहित चारको मृत्यु

छुट्टाछुट्टै ठाउँमा दुई बालिकासहित चारको मृत्यु

उदयपुर : उदयपुरका छुट्टा-छुट्टै ठाउँमा दुईदिन यता दुई बालिकासहित चारजनाको ज्यान गएको छ । स्थानीय त्रियुगा खोलाको दहमा माछा मार्ने क्रममा आफैले थापेको विद्युतीय एम्बुस (करेन्ट) लागेर घाइते भएका त्रियुगा नगरपालिका २ खैजनपुरका २४ वर्षीय ज्योतिकुमार राईको बुधबार ज्यान गएको हो । खोलाबाट उद्धार गरिएका राईको उपचारको क्रममा सिभिल अस्पताल गाईघाटमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । 

त्यसैगरी कपडा सुकाउने बाँसमा सलको पिङ बनाएर खेल्ने क्रममा लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछा आमबोटका ललितसेर राईकी आठ वर्षीय छोरी करुण राईको बुधबार साँझ मृत्यु भएको एसपी मगरले जानकारी दिए । पिङ्ग खेल्ने क्रममा बाँसमा सल बेरिँदा उनको ज्यान गएको हो । 

एसपी बुढामगरकाअनुसार त्रियुगा नगरपालिका  ७ चुहाडेकी १२ वर्षीया बालिका डिकमाया राई आफ्नै घरभित्र झुण्डिएको अवस्थामा बिहीबार फेला परेकी छिन् । त्यसैगरी उदयपुरगढी गाउँपालिका  ५ हाडेवासका ४५ वर्षीय चन्द्रवहादुर तामाङको बिबीबार झुण्डिएको अवस्थामा फेला परेको एसपी मगरले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.