खुला सिमानाको सकस

खुला सिमानाको सकस

इलाम/ताप्लेजुङ : नेपाल–भारत साढे ५२ किमि खुला सिमाना रहेको इलाममा भारतबाट लुकिछिपी आउने नागरिकको लेखाजोखा गर्न स्थानीय सरकारलाई पनि समस्या परेको छ ।

रोङ गाउँपालिकाले मात्रै भारतको उडिसा, चेन्नाई, बंलोरलगायत क्षेत्रबाट आएका ८२ जनालाई विद्यालयमा क्वारेन्टाइन बनाएर राखेको छ । नाकामा जनप्रतिनिधि, स्थानीय र सुरक्षाकर्मीको निगरानी बढाइएको छ । वाड नं. ६ का अध्यक्ष सुवास सेङ्बोले विदेश गएका नागरिकका परिवारसँग प्रत्यक्ष सम्पर्कमा रहेर निगरानी गरिएको बताए । रोङमा मात्रै १२ किमि नेपाल–भारत सिमाना पर्छ ।

इलाम जिल्लाको सबैभन्दा बढी भारतसँग सिमाना जोडिएको सूर्योदय नगरपालिकामा ७ जनालाई पशुपतिनगरस्थित क्वारेन्टाइनमा राखिएको स्वास्थ्य उपसमिति संयोजक पेमा उर्गेन लामाले बताए । उनले वडास्तरीय समिति निर्माण गरेर विदेशबाट आउनेको निगरानी सुरु गरेको बताए । पशुपतिनगरमा तयार गरिएको १५ शड्ढयाका क्वारेन्टाइन व्यवस्था गरिएको छ । सूर्योदयमा ७५ जना विदेशबाट आएका नागरिक रहेको नगरपालिकाले जनाएको छ । सूर्योदय नगरपालिकामा समाल्बुङ, अन्तु, पशुपतिनगर, मानेभञ्याङलगायत नाका छन् । सन्दकपुर गाउँपालिकाले पनि सिमानामा निगरानी बढाएको छ । स्थानीय र सुरक्षाकर्मीले त्यसको निगरानी गरिरहेको गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बताए । सन्दकपुर गाउँपालिकाले ५० बेड क्षमताको क्वारेन्टाइन स्थापना गरेको उनले जानकारी दिए ।

चिवाभञ्ज्याङ र पशुपतिनगर नाका बन्द भएपछि भारतबाट नेपाल प्रवेश गर्नेले तिम्बुङ पोखरी छेउबाट मानिस ताप्लेजुङ प्रवेश गर्ने सम्भावना रहेको जनप्रतिनिधिहरू बताउँछन् ।

विदेशबाट गाउँ फर्किएका मानिस घरपरिवारसँग बसिरहेको मेरिङ्नेद गाउँपालिका–५ का वडाध्यक्ष जयबहादुर खड्काले सुनाए । ‘कामको सिलसिलामा भारत भएका ११ जना स्थानीय चैत ९ गते गाउँ फर्किएर परिवारसँगै बसेका छन्,’ खड्काले भने । भारतबाट फर्किएकाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिरहेको गाउँपालिकाको स्वास्थ्य शाखाका एचए उदय यादवले बताए ।

आफूले परिवारसँग नबसी छुट्टै बस्न बारम्बार भने पनि नमानेको उनको गुनासो छ । पछिल्लो एक सातामा आफ्नो गाउँपालिकामा १० जना मानिस बाहिरबाट आएको आठराई त्रिवेणी गाउँपालिकाका प्रमुख विश्वनाथ सिटौलाले बताए । स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री नहुँदा उनीहरूको परीक्षण गर्न समस्या रहेको सटौलाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.