बादी बस्तीमा छाकटार्ने समस्या

बादी बस्तीमा छाकटार्ने समस्या

दैलेख : कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै गत मंगलवारदेखि लकडाउन गरेपछि उद्योग व्यापार क्षेत्र अस्तव्यस्त छ। लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने समुदाय समस्यामा परेका छन्।

नारायण नगरपालिका–१ गणेशचोकस्थित नमुना बादीबस्तीका स्थानीयलाई छाक टार्न हम्मे हम्मे परेको छ। यो बस्तीका प्रायसबै परिवार ज्याला मजदुरीमा आ िश्रत छन्। ट्रक, ट्याक्टर तथा गोदामबाट सामान लोड अनलोड गरेर जिवीकोपार्जन गर्दै आएका बादी समस्यामा परेका हुन्। ‘एक हप्तादेखि काम पाएका छैनौ,’ स्थानीय रामकुमारी बादीले भनिन् ‘लोडअनलोड गरेर परिवार चलेको थियो, अब त भोकभोकै हुनुपर्ने स्थिति आएको छ।’

स्थानीय प्रशासनले खाद्यान्नको जोहो गरिदिनुपर्ने उनको माग छ। ‘दिनभरी काम गरेर साँझ एक केजी चामल ल्याएर परिवारको गर्जो टारिरहेका थियौ, रोगले त पछि मर्ने थियौ, अहिले त भोकले मर्ने स्थिति आयो,’ उनले भनिन्। ७० बर्षीषा भविसरा बादी भन्छिन् ‘सक्नेले सिमेन्ट सरिया बोकेर परिवार पाल्थे, हामी नसक्नेले चाउचाउको पेटी बोकेर परिवार पाल्दै आएका थियौ, घरमा खाद्यान्न छैन् अब कसरी बाँच्ने ? ’ रामकुमारी र भविसराजस्तै यो बस्तीमा दैनिक ज्यालादारी गरी हातमुख जोड्नेको संख्या धेरै छ। दैनिक काम गरेर परिवार पाल्ने युवा अहिले घरमै थन्किनु पर्दा चिन्तामा छन्।

काम गर्ने सहज वातावरण नहुन्जेलसम्म ज्यालादारी गरी हातमुख जोड्ने परिवारलाई सरकारले खाद्यान्नको व्यवस्था गर्नुपर्ने स्थनीय दीपक बादी बताउँछन्। काम बन्द भएपछि खाद्यान्न, खाना पकाउने ग्यास र दाउराको अभाव भएको उनको गुनासो छ। लकडाउनको अघिल्लो दिन यहाँका दुई घरपरिवार मजदुरीका लागि भारत गरेका थिए। तर उनिहरु अहिलेपनि सम्पर्कमा नरहेका बादी समुदायकी अगुवा पवित्रा बादीले बताइन्। यो वस्तीमा ६५ घरपरिवारका चार सय जना बसोबास गर्दैै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.