गोरखाका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ : तीन जनाको स्वाब परीक्षणमा पठाइदै
गोरखा : गोरखा अस्पतालबाट आइतबार कोरोनाको स्वाब परीक्षणका लागि पठाइएकी बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
केहीदिनदेखि निमोनिया भएर उपचाररत सहित लखन गाउँपालिका ९ नाम्जुङकी १० वर्षीया बालिकाको कोरोना रिपोर्ट नेगेटिभ आएको गोरखा अस्पतालका मेडिकल अधिकृत विनोद दवाडीले जानकारी दिए।
उनको गोरखा अस्पतालमा रहेको आइसोलेसन वार्डमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ।
गोरखा अस्पतालमा अन्य तीन ज्वारोका बिरामी पनि भर्ना भएका छन्। उनीहरुको पनि सोमबार बिहानै स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने बारेमा छलफल भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !