रसुवाका पर्यटकीय क्षेत्रमा फसेका ३० पर्यटकको उद्धार
रसुवा : लक डाउनपछि रसुवामा अलपत्र परेका ३० जना पर्यकटको उद्धार गरिएको छ। नोबेल भाइरस कोभिड–१९ को त्रासका कारण सरकारले लकडाउन घोषणा गर्नुअघि नै पर्यकीय स्थलको भ्रमणमा रसुवा पुगेका पर्यटकहरुको उद्धार गरिएको हो ।
रसुवाको लाङटाङ बृद्धिम, चिलिमे, थुमनलगायतका क्षेत्रबाट ३० जना विदेशी पर्यटकलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीका अनुसार तीन दिनको अवधिमा रसुवामा रहेका जर्मन, फ्रान्सलगायत अन्य देशका पर्यटकलाई स्थानीय तह र प्रहरीको समन्वयमा उद्धार काठमाडांै पठाइएका हो ।
उद्धार गरिएकामध्ये १९ चिनियाँ नागरिकलाई चीन पठाइएको बाँकलाई गाडीमार्फ काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार हालसम्म ४७ जना विदेशी पर्यटकको विवरण अद्यावधिक भएको छ । पर्यटकीय क्षेत्रमा अलपत्र परेकालाई उद्वार गर्ने काम जारी नै रहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए।
उद्वार गरिएका पर्यटक गन्तव्यसम्म पुगिसकेका थिए ।
प्रतिक्रिया दिनुहोस !