कोरोना महामारी : स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्‍न होटलमा राखिने

कोरोना महामारी : स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्‍न होटलमा राखिने

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पताल वा होटलमा राख्ने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उपचार गर्ने अस्पतालको नजिक रहेका अस्पताल वा सुविधा सम्पन्न होटलमा बस्ने र खाने व्यवस्थाको तयारी गरिएको जानकारी दिए।

'उपचारमा संलग्न चिकित्सकका आफन्तमा पनि सम्भावित सङ्क्रमण फैलिन नपाओस् भने हामीले उहाँलाई अस्पताल नजिकको होटल वा अन्य अस्पतालमा राख्ने तयारी गरिरहेका छौँ', उनले भने, 'भोलि यदि महामारी भयो भने कुन-कुन अस्पतालमा राख्ने भन्ने नक्साङ्कन (म्यापिङ) गरिरहेका छौँ ।'

सरकारले यसअघि उपचारमा संलग्न चिकित्सकको मनोबल बढाउन निःशुल्क बिमा, थप सुविधालगायतका निर्णय गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.