पाटन अस्पतालले अन्य देशसँग प्राविधिक सल्लाह गर्ने

पाटन अस्पतालले अन्य देशसँग प्राविधिक सल्लाह गर्ने

ललितपुर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चीनसँग आधुनिक सञ्चार प्रविधिको प्रयोग गरी कोभिड १९ का सम्बन्धमा आइपरेका समस्या समाधानार्थ प्राविधिक सल्लाह गर्न सहजताका लागि पाटन अस्पताललाई तोकिएको जानकारी दिए । 

मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उक्त अस्पताललाई प्राविधिक सल्लाह गर्नका लागि तोकिएको हो । चीनले पनि नेपालसँग कोरोना भाइरससँग सम्बन्धित समस्या समाधान गर्नका लागि एक संस्थालाई पाटनजस्तै प्राविधिक सल्लाहका लागि तोक्ने छ ।  चीन सरकारसँग विभिन्न सहयोग र सहकार्यका सन्दर्भमा चीन का राजदूत, सचिव, परराष्ट्र मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञसहितको उपस्थितिमा भएको छलफलमा पाटन अस्पताललाई स्वास्थ्य समस्या समाधान गर्न आधुनिक सञ्चार प्रविधिको प्रयोग गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले बताए । 

उनले पाटन अस्पतालले चीनसहित अन्य छिमेकी देशका स्वास्थ्य विज्ञसँग कोभिड १९ का बारेमा आवश्यक परामर्श गर्न  टेलिकन्फरेन्स गर्ने बताए । उनका अनुसार अहिलेसम्म एक हजार ६० को नमूना परीक्षण गरिएको छ । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० र सातै प्रदेश अस्पतालमा ७७ जना आइसोलेशनमा  छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.