बिरामीलाई निको पार्छु भन्दै पास्टरले निर्घात कुटपिट गरेपछि

बिरामीलाई निको पार्छु भन्दै पास्टरले निर्घात कुटपिट गरेपछि

गोरखा : गोरखामा इशाइ धर्मगुरु (पास्टर)ले बिरामीलाई निर्घात कुटपिट गरेका छन्। गोरखा नगरपालिका ८ कट्टेलडाँडाकी पास्टर निरमाया परियारले बिरामी संगीता परियारमाथि बिसेक गराउने भन्दै निर्घात कुटपिट गरेकी हुन्। 

‘म टाउको दुख्ने, ज्वारो आउने बिरामी भएकी थिएँ। अनि मेरो अमाजु पास्टर थिइन्। म ठिक गरिदिन्छु भनेर भुत्याउने, कुट्ने, कोपर्ने, चिथोर्ने गरिन्’,पीडित संगीताले भनिन्, ‘म त क्रिश्चियन पनि होइन। बिहान छ बजेदेखि कुटेको हो। दिउँसो एकबजेसम्म कुटिन्।’ कुटाइले शरीर थिलोथिलो भएको र शरीरभरि चोटपटक लागेको पीडित परियारले बताइन्।

खपिनसक्नु भएपछि पिडित संगीता पास्टरलाई कारबाही गर्न माग गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालय धाएकी छन्। उनले आफूमाथि कुटपिट गर्ने पास्टर अमाजुलाई कारबाही गर्न माग गर्दै  किटानी जाहेरी पनि दिएकी छन्।

तर प्रहरीले भने पिडित निरमाया परियारलाई नियन्त्रणमा लिएको छैन। दुई पक्षलाई राखेर मिलापत्र गराएको डिएसपी बासुदेव खतिवडाले जानकारी दिए। ‘कोरोना भाइरसको जोखिमका कारण अहिले हामीले सकेसम्म थुनुवा नराख्ने भनेर नियन्त्रणमा लिएका छैनौं’, उनले भने, ‘अहिले अदालत पनि बन्द भएकाले दुई पक्षलाई राखेर अबदेखि यस्ता घटना नगराउने र पछि अदालत खुलेपछि हाजिर गराउने सर्तमा छाडिदिएका छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.