ज्वरोको बिरामी नहेरेर मर्ने स्थिति नहोस् : स्वास्थ मन्त्रालय

ज्वरोको बिरामी नहेरेर मर्ने स्थिति नहोस् : स्वास्थ मन्त्रालय

काठमाडौं  : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई अत्यावश्यक सेवा नरोक्न निर्देशन दिएको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सरकारी, निजी तथा सामुदायिक अस्पताललाई ‘इमरजेन्सी’ सेवा नरोकी बिरामीको औषधि उपचार गर्न निर्देशन दिएका हुन् । 

अस्पतालमा ज्वरोका बिरामी जाँदा उपचार नगरिरहेको मृत्युको मुखमा पुगेको भन्दै उनले ज्वरोका बिरामीको उपचार गर्न निर्देशन दिएका हुन् । 'अस्पतालले ज्वरोका बिरामीदेखि डराएर उपचार नगरेको पाइएको छ । बिरामीको उपचार नगर्दा विभिन्न रोगबाट ग्रस्त बिरामीको अवस्था जटिल भएर मृत्युको मुखमा पुगेका छन्', उनले भने, 'हामीले अस्पताललाई चाहिने औषधिजन्य सामग्री दिएर स्वास्थ्यकर्मीको मनोबल बढाएका छौँ । त्यसैले ज्वरोको बिरामी नहरेर मर्ने स्थितिमा नपुर्‍याउनुहोस् ।'

यसैगरी मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएका परिवार, साथीको निगरानी (कन्ट्याक ट्रेसिङ्ग) गरिएको जानकारी गराए । उनका अनुसार सङ्क्रमित दुई जनाको ‘कन्ट्याक ट्रेसिङ्ग’ सकिएको र अन्य दुई जनाको पनि ८० प्रतिशत गरिएको छ । 

मन्त्रालयले विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षण गर्ने भन्दै ‘र्‍यापिड टेष्ट’ गर्ने क्रम बढेपछि त्यो आवश्यक नभएको औंल्याएको छ । तत्क्षण परीक्षण गर्ने मापदण्ड विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारभन्दा बाहेक अन्य तरिकाबाट गर्न नमिल्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिए । 

'विभिन्न स्थानमा ‘र्‍यापिड टेष्ट’ कीट ररेको सूचना प्राप्त भएको छ । त्यसले कोभिड–१९ को नमुना परीक्षण गर्नु भनेको  विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको मापदण्ड विपरीत हो', उनले भने, 'त्यस किसिमको टेष्ट कीटबाट सही परीक्षण हुँदैन । उनले सरकारले तोकेको प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण हुने प्रष्ट पारे । 

मन्त्रालयले आजदेखि नै कोभिड–१९ को नमूना परीक्षण पोखरामा सुरु गरेको छ । मन्त्रालयका प्रवक्ताका अनुसार धनगढी, जनकपुर, बुटवल र सुर्खेतमा पनि नमूना परीक्षणको लागि मेशिन पठाइएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.