अलपत्र नेपालीबारे वार्तामा जोड

अलपत्र नेपालीबारे वार्तामा जोड

काठमाडौं : सीमा क्षेत्रमा रोकिएका नेपालीबारे सरकारले भारत सरकारसँग उच्चस्तरीय वार्ता गर्नुपर्ने पूर्व उप प्रधानमन्त्रीद्धयले बताएका छन्। यस्तो बेलामा भारतले नेपालीलाई आफ्ना नागरिक सरह व्यवहार गर्नुपर्ने उनीहरुको सुझाव छ।

सीमामा रोकिएका नेपालीलाई कोरोना संक्रमणको जोखिम बढेको पूर्व उपप्रधानमन्त्री भीम रावलको भनाइ छ। नेकपाका नेता उनले अन्नपूर्णसँग भने, ‘यति बेला जो जहाँ छ, त्यहि बस्नु पर्ने हो, तर भारतका विभिन्न क्षेत्रबाट दैनिक जसो हजारौ नागरिक नेपाली सिमामा कसरी पुगे ?  भारतले आफ्ना नागरिक सरह नेपालीलाई व्यवहार गरेको छ वा छैन भन्ने विषयमा सरकारले उच्चस्तरीय तहमा कुराकानी गर्नुपर्छ।’

प्राकृतिक विपदका बेला पारस्परिक आधारमा काम गर्नुपर्ने अन्र्तराष्टिय मान्यता रहेको उल्लेख गर्दै रावलले भने, यस्तो बेला यस्तो बेलामा नेपालीलाई खाद्य र स्वास्थ्य उपचारमा भारतले आफ्ना नागरिक सरह व्यवहार गर्नुपर्ने उनले बताए। उच्चस्तरिय वार्ताको खाँचो औल्याउँदै अर्का पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भने, ‘समस्या समाधानका लागि केही न केही त गर्नैपर्छ।’ भारतसँग कूटनीतिक तहमा वार्ता गरेर नेपालीलाई उतै क्वारेन्टाइनमा राख्न र खानपानको व्यवस्था गर्न आवश्यक रहेकोमा उनले जोड दिए।

सीमा आएकालाई अन्तिम पटक ल्याउने दिन तोकेपनि आउनेहरु नघटेपछि समस्या बढेको श्रेष्ठको बुझाई छ। ‘फेरि ल्याउने, फेरि आईरहने हो भने सीमा आवागमन वन्द गर्ने कुराको अर्थ के होला र, उनले भने। ’ यस्तो अवस्थामा होम क्वारेन्टाइन प्रभावकारी बन्न नसक्ने भएकाले सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने श्रेष्ठ बताउँछन्। भारतमा स्वास्थ्य परीक्षण विना नेपाल आउनेहरु धेरै भएकाले आफन्तलाई कोरोना संक्रमण हुन सक्ने नेता रावलको ठहर छ।

नेपालसँग सिमा जोडिएका भारतका उत्तराखण्ड र उत्तर प्रदेशमा कोरोना संक्रमणको संख्या बढिरहेकाले सुदुरपश्चिम जोखिममा रहेको उल्लेख गर्दै उनले परीक्षण सामग्री, औषधि र सुरक्षा सतर्कता बढाउन उनले जोड दिए। नेकपा विदेश विभाग उपप्रमुख राम कार्की सरकारको कार्यशैली शंकाको घेरामा पर्दै आएको तर्क गर्छन्।

सीमा खुल्दैन : सरकार

लकडाउनका बेला नेपाल र भारतको सीमा नाका नखोल्न दुवै मुलुकले प्रष्ट पारेका छन्। सीमामा रोकिएकालाई सीमावर्ती क्षेत्रका क्वारेन्टाइनमा राख्ने बारेमा कूटनीतिक तहमा कुराकानी भइरहेको परराष्ट मन्त्रालयले जनाएको छ। भारतले दशगजा क्षेत्रमा ल्याएर नेपालीलाई छोड्न नमिल्ने बताउँदै भारतलाई परराष्टले पत्राचार गरेको छ।

सुरुमा सूचना नपाएर अलपत्र परेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा ल्याएर छाडे पनि यो क्रम नरोकिएपछि नेपालले असन्तुष्टि ब्यक्त गरेको हो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि जो जहाँ रहेपनि त्यही सुरक्षित बस्न आग्रह गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.