कोरोनाको डरले घटे मलामी

कोरोनाको डरले घटे मलामी

इटहरी : कोरोना संक्रमण हुने डरले मलामीको संख्यामा उल्लेख्य कमी आएको छ। सरकारले पनि जमघट गर्न र घरबाट ननिस्कन अनुरोध गरेपछि पनि भीडभाडमा जान कम भएकाले मलामी घटेका हुन्।

बुढीगंगा नदीस्थित घाट व्यवस्थापन समितिका अध्यक्ष पहलबहादुर कट्वालले पहिले दुई तीन सयजना मलामी आउने गरेकोमा अहिले मुस्किलले ५० नाँघ्छन्। 'आएका पनि एकैछिनमा गइहाल्छन्', कोरोनाको त्रासका कारण मलामी घटेको बताउँदै उनी भन्छन्, 'सबैलाई हात धुने र नुहाउने साबुन पानीको व्यवस्था भने गरिएको छ।' इनरुवा ६ मधेसाका राजेश दाहालकी आमा लोकमायाको यसैसाता निधन भयो। उनको मलामी अपेक्षितभन्दा निकै कम थिए। अघिपछि यस्तै मरिमराउमा सय जनाभन्दा बढी हुने गर्थे। 'तर त्यो दिन ५०-६० जना मात्र भयौं', इनरुवानिवासी राजन निरौलाले भने।

धनकुटामा काकाको अन्तिम संस्कारमा पुगेका इटहरीका बाबुराम सुवेदीको अनुभवमा पनि अहिले लकडाउन र कोरोनाको त्रासका कारण मलामीको संख्या उल्लेख्य घटेको छ। मलामीको रुपमा पुग्नेहरु पनि चाँडै फर्किने गरेका छन्। त्यसो त यो महिना दुर्घटनामा परी मर्नेको संख्या पनि कम छ। माघ महिनामा ४२ जनाको ज्यान गएकोमा फागुनमा ३७ र चैतमा १२ जनाको ज्यान गएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

सुनसरीको इटहरीस्थित बुढीगंगा जमुना मुक्ति घाटमा अघिल्ला महिनामा मासिक एक सयभन्दा बढी लास जलाइन्थे। तर कोरोनाको त्रास र लकडाउनका कारण पछिल्लो महिना संख्या आधाभन्दा धेरैले घटेको छ। 'चैतमा ३५ लास आए', घाट व्यवस्थापनका कर्मचारी टंकबहादुर मगर भन्छन्, 'पहिलो दिनमै तीन चार वटासम्म लास जलाइन्थ्यो, अहिले निकै कम छ।' उनका अनुसार पुस महिनामा ९० वटा लास जलाइएको थियो। माघमा १०३ वटा लास जलाइयो भने फागुनमा ११४ वटा लास जलाइयो। चैतको अहिलेसम्मको मितिमा ३५ वटा लास पुगेको छ।

लकडाउनका कारणले टाढाबाट लास ल्याउन नसकेर घाटमा कम भएको हुनसक्ने बुढीगंगा जमुना मुक्ति घाटका अध्यक्ष हेम घिमिरेको अनुमान छ। 'दुर्घटनामा पनि कमी भएर हुनसक्छ', उनले भने। यस्तै, इनरुवास्थित सुनसरी खोलामा रहेको घाटमा चैत महिनामा चारवटा जलाइए। 'पहिला १२–१५ वटा आउँथे', घाट व्यवस्थापन समितिका अध्यक्ष कट्वालले भने, 'योपटक निकै कम भए।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.