तौलिहवामा इन्टरनेटसहितको क्वारेन्टाइन

तौलिहवामा इन्टरनेटसहितको क्वारेन्टाइन

कपिलवस्तु : कपिलवस्तु नगरपालिकावडा नं. १ ले निर्माण गरेका क्वारेन्टाइन जिल्लामै उदाहरणीय बनेको छ । तौलिहवाको आनन्दवागस्थित रत्न राज्यलक्ष्मी माविमा निर्माण गरिएको क्वारेन्टाइन १५ बेडको छ । सफा, स्वच्छ फिल्टर पानी, सफा शौचालय, निशुल्क तीव्र गतिको निशुल्क इन्टरनेट सेवा र स्वस्थ खाना तथा नास्ताको व्यवस्था क्वारेन्टाइनमा गरिएको छ । क्वारेन्टाइन बाहिर खुला चौर र सफा वातावरण छ । 

कोरोना भाइरसको संक्रमण फैलन नदिन भारत र तेस्रो मुलुकबाट आएका सर्वसाधारणलाई बस्नका लागि निर्माण गरिएको यो क्वारेन्टाइन जिल्लामै उत्कृष्ट रहेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए । जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइन बन्दीगृह जस्तै बनेका बेला कपिलवस्तु नगरपालिकाको वडा नं. १ ले निर्माण गरेको यो क्वारेन्टाइन सबैका लागि नमूनायोग्य पनि रहेको छ ।

भारतका विभिन्न सहरबाट आफ्नो वडामा फर्केका सर्वसाधारणलाई सहज ढंगबाट घरभन्दा पनि राम्रो सुविधासहित बस्न सक्ने गरी क्वारेन्टाइन निर्माण गरिएको वडाअध्यक्ष सुदीप पौडेलले बताए । सफा र सुविधाजन क्वारेन्टाइ नभए भारतबाट आउने सर्वसाधारण सजिलैसँग आफ्नै मनले आएर २ हप्ताक्वारेन्टाइनमा बस्न तयार हुन्छन्, 'वडा अध्यक्ष पौडेलले भने, 'क्वारेन्टाइन भनेको बन्दी गृह होइन । यहाँ बस्ने सर्वसाधारणलाई सबै खाले सुविधा दिनुपर्छ।'

भारतबाट आएका वडा नं. १ का सर्वसाधारणलाई २ हप्ता बस्न यो क्वारेन्टाइन निर्माण गरिएको हो । हाल १५ बेडबाट सुरु गरिए पनि यसरी क्वारेन्टाइनमा आउने सर्वसाधारणको संख्या बढ्न थाल्यो भने यसलाई विस्तार गरी ३० बेडहुँदै ६० बेडसम्म बढाउने योजना गरेको वडा अध्यक्ष पौडेलले बताए । क्वारेन्टाइन स्थलनजिकै विद्यालयको प्रांगणमा वडामा रहेका अति विपन्न व्यक्तिलाई खानपिनको व्यवस्थापनका लागि मेसको समेत तयारी गरिएको छ । 

दैनिक रोजगारी बन्द भएपछि घरमा चुल्हो बल्ने अवस्था नरहेका अति विपन्न वडाबासीका लागि मेसमा हरेक दिन बिहान र साँझ निशुल्क खानाको व्यवस्था गरिएको वडा अध्यक्ष पौडेलले बताए । 

जिल्लाका १० वटा स्थानीय तहले आ-आफ्नो तहमा ८ सय २२ वटा वेडसहितको क्वारेन्टाइन निर्माण गरेका छन् । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार जिल्लाका १० वटै तहमा निर्माण गरिएको क्वारेन्टाइनमा गरी कुल ५ सय २० जनालाई राखिएको छ । सबैको अवस्था सामान्य रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.