धार्चे एक सातादेखि प्रमुख प्रशासकीय अधिकृतबिहिन

धार्चे एक सातादेखि प्रमुख प्रशासकीय अधिकृतबिहिन

गोरखा : कोभिड-१९ कोरोना भाइरसको सम्भावित महामारीबाट बच्न धमाधम पूर्वतयारी भइरहेका बेला गोरखाको दुर्गममा रहेको एक गाउँपालिका एक सातादेखि प्रमुख प्रशासकीय अधिकृतबिहिन भएको छ।

धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वविजय शर्मा एक सातादेखि गाउँपालिका छाडेर काठमाडौं गएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्य सम्पादन गर्न कठिन भएको गुरुङले बताए। 'दिनदिनैजसो बैठक गरेर बिभिन्न निर्णय गरिरहनु परेको छ। विभिन्न सिफारिस गरिरहनु परेको छ' उनले भने 'तर यस्तो महत्वपूर्ण अबस्थामा प्रमुख प्रशासकीय अधिकृत छैन्। सबै काम आफैले गरिरहेको छु। साह्रै समस्या भएको छ।' गाउँपालिकामा क्वारेण्टाइन निर्माण, स्वास्थ्य सम्बन्धी प्रचारप्रसार अभियान, राहत सम्बन्धी विभिन्न छलफल र निर्णय गर्नुपर्ने बेला प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको उनको गुनासो छ।

प्रमुख प्रशासकीय अधिकृत विश्वविजय शर्माले भने 'आफू स्वास्थ्य समस्या भएर काठमाडौं आएको तर गाडी बिग्रिएका कारण गाउँपालिका फर्कन नपाएको दाबी गरेका छन्। 'स्वास्थ्यमा समस्या भएर काठमाडौं आएको एकसाता भयो। अहिले फर्कुँ भनेको गाडी बिग्रिएर फर्किन सकेको छैन्' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.