बिरामीको उपचारमा आनाकानी, चौतर्फी दबाबपछि भर्ना

बिरामीको उपचारमा आनाकानी, चौतर्फी दबाबपछि भर्ना

तानसेन : ज्वरो र रुघाखोकी लागेका बिरामीको उपचार नगरी फिर्ता गरेको पाल्पाको एक निजी मेडिकल कलेजले चौतर्फी दबाबपछि बिरामीलाई पुनः भर्ना गरेको छ। बिहीबार बेलुका चेक जाँच गरी सामान्य बिरामी भन्दै लुम्बिनी मेडिकल कलेज दुई जना बिरामी फिर्ता गरेको थियो। चौतर्फी दबाबपछि शुक्रबार भर्ना गरेको छ।

जिल्ला प्रशासन कार्यालय, जिल्लाका सांसद, जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको दबाबपछि शुक्रबार दिउँसो भर्ना गरिएको हो। माथाँगढी गाउँपालिका–४ झडेवाका २४ वर्षीय विष्णुबहादुर सारु र उनका बुवा चन्द्रबहादुर सारु उच्च ज्वरो र रुघाखोकीले एक सातादेखि थलिएका थिए। लुम्बिनी क्षेत्रमा एक होटलमा काम गर्दै आएका सारु लकडाउनपछि घर आएका थिए।

लगातार ज्वरो तथा खोकी लागेपछि स्थानीय मेडिकलबाट औषधि खाए पनि निको नभएपछि विष्णुबहादुर बिहीबार साँझ मात्र लुम्बिनी मेडिकल कलेजमा उपचार गर्न पुगेका थिए। मेडिकल कलेजका चिकित्सकले आफूहरूले सम्पूर्ण जानकारी लिइसकेपछि अवस्था सामान्य रहेको औषधि मात्र दिएर भर्ना गर्न नपर्ने भन्दै होम क्वारेन्टाइनमा बस्न सुझाव दिएर फर्काएका थिए।

‘हामीले सारुका बाबु छोराको ज्वरो र रुघाखोकीको लक्षण हेर्दा दुवैको ैस्याब परीक्षण गर्नुपर्ने निष्कर्ष गाउँपालिकाको चिकित्सक टोलीले निकाल्यो,’ गाउँपालिका अध्यक्ष सन्तोसकुमार थापाले भने, ‘लुम्बिनी मेडिकल कलेजमा आइसोलेसन वेड भएकोले भर्ना हुन पठाएका हौं।’ उनीहरूलाई घर फर्काउने अवस्था नभएको अध्यक्ष थापाले बताए। ज्वरो उच्च देखिएपछि सारुका परिवार र नजिकैका ३ छिमेकीलाई गाउँपालिकाले निगरानीमा राखेको उनको भनाइ छ।

अस्पतालमा भर्ना नगरुी फर्काएको कुरा सार्वजनिक भएपछि शुक्रबार बिहान मेडिकल कलेजमै प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, सुरक्षा निकायका प्रमुख, सांसद र सञ्चारकर्मीको टोलीले कलेजको व्यवस्थापकीय टिमसँग छलफल गरेको थियो।

छलफलमा सबैले दबाब दिएपछि भर्ना गरेको हो। यता मेडिकल कलेजले भने कलेजको बदनाम गर्न केही पक्ष लागेको आरोप लगाएको छ। कलेजका निर्देशक डा. राजु शाक्यले सामाजिक सञ्जालमा आएजस्तो ७ सय स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्न नसक्ने नभनेको बताए। ‘एक जना स्वास्थ्यकर्मीले बिहीबार बेलुका फोन गर्नुभयो, लगातार औषधि खाँदासमेत एक जना बिरामी ठिक भएन कोरोनाको लक्षण छ भनेपछि मैले कलेजमा पठाइदिनुस हामी हेर्छाै भने,’ उनले भने, ‘बिरामी पनि आए, मेरो मेडिकल टिमले चेकजाँच गरेपछि स्थिति सामान्य रहेकोले घर पठाएको हो।’

घर फर्केपछि स्वास्थ्यकर्मीले कोरोना आशंका भए मानसिक त्रास पैदा हुने भएकाले मानसिक तनाव नहोस भनेर पुनः मेडिकल कलेजले नै शुक्रबार भर्ना गरेको निर्देशक डा. शाक्यले बताए। अहिले उनीहरूको अवस्था सामान्य कलेजले जनाएको छ। यस विषयमा प्रमुख जिल्ला अधिकारी यादव सुवेदीसँग जानकारी लिँदा गाउँ÷गाउँमा सामान्य ज्वरो, रुघाखोकी लाग्दा कोरोनाको सक्रमण भयो भनेर कसैले हल्ला फिजाउन नपाउने बताए। अवस्था सामान्य देखिएपछि घर फर्काउनु स्वभाविक रहेको प्रजिअ सुवेदीको भनाइ छ।

यसअघि मेडिकल कलेज प्रभासले पूर्वाखोला गाउँपालिका–४ विरकोटका खेमबहादुर सारु, तानसेन नगरपालिका–जैसीचौपारीका बाबुराम विक र वगनासकाली–२ का दामोदर कुमाललाई अस्पतालमा उपचार नगरी फिर्ता गरेको भन्दै चौतर्फी विरोध भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.