कोरोना आशंकामा कपिलवस्तुमा एकजना आइसुलेसनमा भर्ना

कोरोना आशंकामा कपिलवस्तुमा एकजना आइसुलेसनमा भर्ना

कपिलवस्तु : कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा आइतबार एक बिरामीलाई आइसोलेसनमा राखिएको छ । विजयनगर गाउँपालिकावडा २ का ३० वर्षीय युवामा ज्वरो र खोकी आउने तथा छाती दुख्ने लक्षण देखिए पछि कपिलवस्तु अस्पतालको आइसुलेसन वार्डमा राखेर उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्टडा. किशोर बन्जाडेले बताए ।

बिरामीको स्वाब परीक्षणका लागि आइइतवार नमूना संकलन गरी बुटवल पठाइने अस्पतालले जनाएको छ । कोरोनाको संक्रमणको आशंकामा आइसुलेसन वार्डमा राखी उपचार सुरु गरिएको यो पहिलो केश हो । कपिलवस्तु अस्पतालमा ८ आइसुलेसन वार्डमा ८ वटा वेड तयारी अवस्थामा राखिएको छ । 

जिल्लाका १० वटा स्थानीय तहले विभिन्न स्थानमा क्वारेन्टिनका लागि ९ सय ७२ वटा वेडहरु तयार गरेका छन् । जस मध्ये ६ सय ८८ जनालाई क्वारेन्टिनमा राखिएको छ भने ६०जनाक्वारेन्टिनबाट डिस्चार्ज भई घर फर्किसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज शैनीले बताए । 

यशोधरामा१ हजार २ सय जनालाई राहत वितरण

लक डाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका अतिविपन्न परिवारलाई राहत स्वरुप यशोधरा गाउँपालिकाले खाद्यान्न वितरण सुरु गरेको छ । दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्दै आएका वडा नं.१ का १ सय ५० घर धुरीलाई आइतार गाउँपालिकाको वडा नं. १ तितिर्खीमा गाउँपालिका अध्यक्ष गिरिजेश पाण्डेयले राहत वितरण कार्य सुरु गरेका हुन् । 

यसै गरी गाउँपालिकाका ८ वटै वडाका प्रति वडा १सय ५० अतिवि पन्न घर धुरीलाई राहत वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।  राहत सामाग्रीअन्र्तगत उनीहरुलाई १० किलो चामल, ५ किलो पिठो, २ किलो दाल, १ लिटर तेल, १ पकेट मसला, २ पिस साबुन, २ किलो नुन वितरण गरिएको छ ।

छुटेका तिविपन्न परिवारलाई पनि राहत वितरणमा सहभागी बनाइने गाउँपालिका प्रमुख पाण्डेयले बताए । राहतवितरणगर्दै गाउंपालिकाप्रमुखपाण्डेयले कोरोना भाईरसको महामारीको संक्रमण रोक्न लक डाउनको अवस्थालाई पूर्ण पालना गर्न गराउनमा गाउँपालिकावासी स‍बैमा आग्रह गरे ।

 भारतसँग सीमा जोडिएको आफ्नो गाउँपालिका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै भारतबाट आएका तर क्वारेन्टाइनमा नबसेका पहिचान गरी उनीहरुलाई २ हप्ता क्वारेन्टाइनमा राख्न सबै वडाअध्यक्ष र वडा सदस्यलाई गाउँपालिका प्रमुख पाण्डेयले निर्देशन पनि गरेका छन् ।

राहत सामग्री वितरण कार्यलाई सहज र पारदर्शी बनाउन गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा पशु विकास अधिकृत अब्दुल सलाम, स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुवे र सदस्यमा सामाजिक विकास शाखाका देवेन्द्र कुमार पाण्डेय र जिन्सी शाखाका बलराम कोहार रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.