दाना नपाएर मर्न थाले कुखुरा

दाना नपाएर मर्न थाले कुखुरा

ओखलढुंगा : चम्पादेवी गाउँपालिका १० रानीवनस्थित लहार्ने एग्रो कृषि फर्मका सञ्चालक तेजेन्द्र विष्टले २ हजार लेयर्स कुखरा पालेका  थिए  । आम्दानी राम्रै थियो । तर  कोरोनाको महामारीले लकडाउन भएपछि अहिले उनका कुखुरा भकाभक मर्न थालेका छन् । औषधि उपचार र दाना नभएपछि  कुखुरा मर्न थालेको उनले बताए । 

गाउँमा दाना ल्याउन नपाएपछि अहिलेसम्म ४ सयको हाराहारीमा कुखुरा मरिसकेको उनले गुनासो गरे । कोरोनाको महामारीका कारण बचेका कुखुरा र अण्डा पनि बिक्ने अवस्था छैन । चम्पादेवी गाउँपालिका ७ मा जितेन्द्र कार्कीले सञ्चालन गरेको शेराबेँसी कृषि एग्रोभेट प्रालिको हविगत पनि उस्तै छ । २५ लाखको लगानी गरेर उनले १ हजार लेयर्स र ८ सय बोइलर कुखुरा पालेका थिए । उनले फर्मबाट गाउँतिर  कुखुराका दाना र चल्ला पनि बेच्ने गर्थे । तर अहिले लकडाउनले गर्दा उनको व्यवसाय धराशायी बनेको छ ।

सो क्षेत्रमा लेयर्स कुखुरापालक किसान विष्ट र कार्की मात्रै हुन् । उनीहरूले लेयर्स कुखुरालाई खुवाउने दाना मन्थली र सिन्धुलीबाट ल्याउँदै आएका थिए । अहिले दाना बजारमा नपाउँदा उनीहरुलाई समस्या छ । चम्पादेवीको घोराखोरी आसपासमा महिनामा २ ट्याक्टर बोइलर र  लेयर्स कुखुराका दाना खपत हुने गरेको थियो । रामेछाप सदरमुकामबाट ल्याइँदै गरेको चारोसमेत नपाएपछि यो क्षेत्रका किसान मारमा परेका छन् ।

कुखुराको दाना पनि नपाइने र कुखुराको अण्डा र मासु पनि बिक्री नहुने भएपछि यहाँका किसान दोहोरो मारमा परेका हुन् । ‘दाना त पाइएन तर कुखुराको मासु र अण्डा पनि नबिक्ने  भयो’, लहार्ने एग्रो कृषि फर्मका सञ्चालक विष्ट भन्छन्,‘ऋण गरेर कृषि गरियो, अहिले आएर लाखौँ डुब्यो ।’

विष्टले नबिकेपछि ५० कार्टुन अण्डा नष्ट गर्ने तयारी गरेको बताए  । सो क्षेत्रका दर्जन बढी किसान समस्यामा परेका छन् । जिल्लाका अन्य किसानलाई पनि समस्या देखिएको व्यवसायी दलबहादुर कार्कीले बताए । दुई दर्जनबढी कुखुरा पालक किसान समस्यामा परेको ह्याचरी व्यवसायी बताउँछन् । तयारी दान बजारमा अभाव हुँदा  ढुवानी तथा वितरणमा समस्या रहेको छ । किसानको माग उच्च रहे पनि खरिद गरेर ल्याउन चुनौति रहेको उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए । उनले भने, ‘दाना ढुवानीमा समस्या छैन, प्रशासनले सहजीकरण गर्छ, तर पाउनै मुस्किल रहेछ ।’

अत्यावश्यक उपभोग्य वस्तु तथा कृषकको समस्या हेरेर जिल्लाभित्र ल्याइने ढुवानीमा सहजीकरण गरिए पनि दाना बजारमा उपलब्ध नहुने समस्या आएको हो । किसानलाई ढुवानीमा सहजीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले बताए । उनले समस्यामा परेका नागरिक र किसानलाई सहयोग गरे पनि उनीहरूले बजारमा चारो नपाएकाले समस्या भएको गुनासो गरेको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.