खाना पकाउने क्रममा आगलागी
खाँदबारी : संखुवासभाको चिचिला गाउँपालिका-५, देविटारमा एक घरमा आगालागि भएको छ । आइतबार साँझको आलगालीबाट रामबहादुर राईरको घर जलेर पूर्णरुपमा क्षति भएको स्थानीय शिक्षक नैनसिं राईले जानकारी दिए ।
शिक्षक राईका अनुसार घरमा बालबच्चा मात्र रहेको र उनीहरुले खाना पकाउने क्रममा आगालागी भएको थियो ।खाना पकाउने क्रममा अगेनामाथि राखिएको सारङ्मा आगो सल्किएपछि आगलागी भएको थियो। आगो बढ्साथ खाना पकाउँदै गरेका बालबालिका भने भागेकाले बचेका छन्।
परालको छानो भएको घरको आगो नियन्त्रणमा नआउँदा खाद्यन्य, लत्ताकडा, भाडाँकुडा सबै जलेर नष्ट भएको शिक्षक राईले बताए । घरमा राखिएको ५० ठूलो परिमाणको काठ सेमत जलेको छ। पानी अभावका कारण स्थानीय आगो नियन्त्रण लिन नसकेका हुन्।
प्रतिक्रिया दिनुहोस !