सुरक्षा सामग्रीबिना स्वाब संकलन गर्न हेलिकोप्टर आएपछि..

सुरक्षा सामग्रीबिना स्वाब संकलन गर्न हेलिकोप्टर आएपछि..

अछाम : नेपाली सेनाको हेलिकोप्टर कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि अछामको बयालपाटा अस्पतालमा मंगलबार बिहान सवा १० मा अवतरण भयो । बिहान साढे ८ बजे अवतरण हुने भनेको हेलिकोप्टर करिब २ घण्टा ढिलो गरी पुग्यो ।

कोरोना परीक्षणका लागि भारत तथा बाहिर जिल्लाबाट आएका ५१ जना बिहान ८ बजे अस्पताल पुगेर कुरेर बसेका थिए । अस्पतालका स्वाथ्यकर्मी केन्द्रबाट नै टोली आउने भएपछि सामग्रीसहित आउछन् भन्नेमा ढुक्‍क थिए । कोरोना परीक्षणका लागि स्वाब लिन केन्द्रबाट आएको टोलीसँग सुरक्षा सामग्री नहुँदा बयालपाटा अस्पतालका डाक्टर अलमलमा परे । 

अस्पतालमा पीपीईलगायत सुरक्षा सामग्रीको अभाव छ । सुरक्षा सामग्रीका लागि आफूहरुले हात थापिरहेको अस्पतालका डाक्टरले बताए । अस्पतालसँग रहेको चारवटा पीपीई केन्द्रबाट आएको टोलीलाई उपलब्ध गराएपछि स्वाब निकाल्ने काम करिब २ घण्टापछि सुरु भयो ।

भेरी अस्पतालका ल्याब टेक्नीसियन प्रसिद्ध ढकालले समन्वय राम्रो नहुँदा समस्या भएको बताए । उनले भने, 'हिजो राती मात्र फोन आयो, अछाम जानुपर्छ भनेर तर सुरक्षा सामग्री उतै छुटेछ, अस्पतालसँग भएको पीपीई प्रयोग गरियो।'

बिनाहतियार लडाईको मैदानमा पठाएको जस्तो गरेको भेरी अस्पतालका अर्का ल्याब टेक्नीसियन हरीशरण अधिकारीले बताए । केन्द्रबाट आएको टोलीसँग सुरक्षा समाग्रीको व्यवस्था नहुँदा आफूहरुसँग भएको चार थान पीपीई उपलब्ध गराएको अस्पतालका डाक्टर बिकास गौचनले बताए ।

उनले भने, 'दुर्गममा यस्ता सामग्री पाउनै गाह्रो छ, संकटको बेला चाहिन्छ भनेर राखेका थियौं, त्यहि उपलब्ध गरायौं। उहाँहरु सुरक्षा सामग्रीसहित आउनुहुन्छ भन्नेमा ढुक्‍क थियौं ।'

अछाम कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै स्वास्थकर्मीले सुरक्षा सामग्रीको अभावमा जोगिन मुस्किल रहेको डाक्टर गौचनले बताए । उनले उपचारमा खटिएका दुर्गमका स्वास्थकर्मी जोखिममा रहेको बताए।

बयालपाटा अस्पतालबाट अछामका साँफेबगर नगरपालिका,बान्नीगढी जयगढ गाउँपालिका,चौरपार्टी गाउँपालिका,मेल्लेख गाउपालिकाका भारत तथा बाहिर जिल्ला र जिल्ला भित्रका ६ जना महिला र ४५ जना पुरुषको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

जिल्लाका करिब २ सय जना जति स्वाब परीक्षणका लागि काठमाडौं लगिने भएको छ । नेपाली सेनाको हेलिकोप्टले अछामको साँफेबगर नगरपालिका,मंगलसेन नगरपालिका र कमलबजार नगरपालिकाबाट स्वाब संकलन गरिने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.