कपिलवस्तुमा आइसोलेसनमा रहेका बिरामीको मृत्यु

कपिलवस्तुमा आइसोलेसनमा रहेका बिरामीको मृत्यु

कपिलवस्तु : कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा रहेका एक बिरामीको सोमबार राती मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका वडा नं. २ का ३० वर्षीय गोवर्धन भर रहेको अस्पतालले जनाएको छ । मृतक भरलाई  कोरोना भाइरसको लक्षण देखिएपछि ३ दिनदेखि आइसोलेसन वार्डमा राखी उपचार गरिँदै आएको थियो । 

मृतक भर क्षयरोगको बिरामीसमेत थिए । क्षय रोगको लामो बिरामी, निमोनिया र फोक्सोमा समस्याका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको स्वाब परीक्षणका लागि पठाइएको रिर्पोटमा कोरोना भाइरस नेगेटिभ रहेको अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर बन्जाडेले बताए । 
मृतक भरले विगत ३-४ वर्षदेखि क्षय रोगको औषधि सेवन गर्दै आएका थिए । 

पटक-पटक बिरामी हुने गरेका भरलाई पछिल्लो पटक अधिक ज्वरो आएपछि बहादुरगंज स्थित शिवराज अस्पतालमा उपचार गरी थप उचारका लागि चन्द्रौटा स्थित निजी स्वास्थ्य संस्थामा लगिएको थियो । चन्द्रौटामा भरलाई अधिक ज्वरोसहित कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा राखी उपचार थालिएको थियो । आइसोलेसन वार्डमा उपचारकै क्रममा उनको मृत्यु भयो ।

मृतक भरको परिवारको आर्थिक अवस्था निकै कमजोर छ । परिवारमा काजक्रिया गर्ने सम्मको पैसा नभएको मृतक भरकी पत्नी चम्पा भरले बताइन् । मृतक भरको शवलाई घरसम्म पुर्‍याउनका लागि एम्बुलेन्स वा शव वाहनको भाडासम्म तिर्ने पैसा नभएपछि आफन्तजनले गाउँकै एक टेम्पु खोजेर शव घरसम्म पुर्‍याएका छन् । आफूसँग भएको ४-५ हजार रुपैयाँ श्रीमान्को औषधी उपचारमै सकियो, मृतक भरकी पत्नी चम्पाले भनिन्, 'पतिको मृत्यु भइहाल्यो अब काज क्रिया कसरी गर्ने ? परिवार कसरी पाल्ने ? त्यो मेरो लागि ठूलो समस्या भयो ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.