लकडाउनले छोरा आउन नपाएपछि श्रीमतीले दिइन दागबत्ती

लकडाउनले छोरा आउन नपाएपछि श्रीमतीले दिइन दागबत्ती

जनकपुरधाम : घरपरिवारमा कसैको मृत्यु भए महिलालाई चित्तासम्म जान समेत मैथिली समाजिक संस्कृतिमा बर्जित गरिएको हुन्छ। तर धनुषा जनकपुरकी एक महिलाले श्रीमानलाई चित्तामा दागबत्ती दिएर १३ दिने किरियामा बसेकी छिन्। उनकी एक सौतेला छोरा वैदेशिक रोजगारीको शिलशिलामा भारतमा भए पनि लकडाउनले आउन नसकेपछि उनले दागबत्ती (मुर्खाग्री) दिएकी हुन्।

परापूर्व कालदेखि चल्दै आएको समाजिक परम्परा चिर्दै धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ पुरानो बसपार्कस्थित ६५ वर्षीय राधादेवी साहले श्रीमानको चित्तामा दागबत्ती दिएकी हुन्। झण्डै ६ महिनादेखि छिमेकी मुलुक भारतमा काम गर्दै आएको छोरा लकडाउनमा फसेपछि बाध्य भएर श्रीमानको दागबत्ती दिनुपरेको बताइन। उनले भनिन, 'श्रीमानको दागबत्ती श्रीमतीले दिने चलन हाम्रो मैथिली संस्कारमा छ छैन, तर छोरा आइपुग्न कति दिन लाग्छ, थाहा छैन्। त्यतिबेलासम्म मृत शरिरलाई राखिरहनु पनि हुँदैन, त्यसैले श्रीमानको चित्तामा मैले नै दागबत्ती दिए।'

हाल विश्वभरि कोरोना संक्रमणको त्रास छाएको बेला लकडाउन रहेको भारतमा छोरालाई बुवाको मृत्युको खबर भए पनि लकडाउनले आउन नसकेपछि श्रीमतीले दागबत्ती दिएको स्थानीय राकेशविक्रम साहले बताए। उनले भने, 'पहिला महिलालाई चित्तासम्म पनि जान दिइदैनथ्यो, तर अब विस्तारै समाज परिवर्तन हुँदैछ, पुरानो रितिवाज र रुढिबाजी कुसंस्कारलाई बिस्तारै हटाउँदै जानुपर्छ।'

'आफ्नो श्रीमानको दागबत्ती कसलाई दिन मन लाग्छ र। यो त समयको बाध्यता थियो' उनले भनिन, 'मरो सौतेलो छोरा भए पनि आफ्नो सरह नै छ, तर कामको सिलसिलामा भारत गएपछि लकडाउनको स्थितिमा आउने कुरो नि भएन। अझ नजिकको नातेदारमा कुनै पुरुष नभएपछि बाध्य भएर दागबत्ती दिएँ।'

धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरका ८० वर्षीया मनमाया श्रेष्ठको दाहसंस्कार छोरी दिलमाया श्रेष्ठले गरेकी छिन्। मृतक मनमायाका नाती तथा दिलमायाको छोरा कामको सिसिलामा राजधानी काठमाडौंको लकडाउनमा फसेपछि घर आउन नसकेकोले छोरीले दागबत्ती दिएकी हुन्। दिलमायाको श्रीमानको १५ वर्ष अघि नै मृत्यु भएको र भएको नातीसमेत लकडाउनमा फसेपछि गाउँको सहमतिमा दिलमायाले आमालाई दागबत्ती सहित किरियामा बसेको स्थानीय नथुनी कुशवाहाले बताए। उनले भने, 'समाजका भद्रभलादमीले छलफल गरेर दिलमायाको हातबाट चित्तामा दागबत्तीका लागि स्विकृति दिएको हो।'

यसरी सदियौंदेखि चलिआएको कुरिति एव्ं कुसंस्कारलाई तोडेर समाज परिवर्तनको दिशामा बढेको रामसागर रामस्वरुप क्याम्पसका पूर्व मैथिली विभागाध्यक्ष परमेश्वर कापडी बताउँछन्। उनले भने, 'समाज परिवर्तनशील छ, समयसँगै चक्रपनि परिवतर्न हुन्छ, हामी पनि सोही चक्रअनुसार चल्नुपर्छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.